काठमाडौं । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा मंगलबार योङ्ग ब्वाइजविरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ ।
पहिलो जितसँगै दुई खेलमा तीन अंक जोडेको बार्सिलोना १०औं स्थानमा छ । दुवै खेलमा पराजित योङ्ग ब्वाइज विना अंक पुछारमा छ ।
बार्सिलोनास्थित ओलम्पिक लुइस कम्पिनिज रंगशालामा घरेलु टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोवस्कीले दुई तथा राफिन्हा र इनिगो मार्टिनेजले समान एक गोल गरे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको आठौं मिनेटमा लेवान्डोवस्कीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ३४औं मिनेटमा राफिन्हाले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसको तीन मिनेटपछि नै मार्टिनेजले बार्सिलोनाका लागि तेस्रो गोल गरे । ५१औं मिनेटमा लेवान्डोवस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ४-० ले अगाडि बढ्यो ।
मोहम्मद अली कामाराबाट ८१औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा बार्सिलोनले ५-० को जित दर्ता गर्यो ।
लिग अन्तर्गत मंगबारै सम्पन्न अन्य खेलमा ब्रेस्टले आरबी साल्जबर्गलाई ४-० र बायर लेभरकुसनले एसी मिलानलाई १-० ले पराजित गरे । यसैगरी स्टुटगार्ट स्पार्टा प्राह तथा भिएसभी स्पोर्टिङ सिपीसँग १-१ को बराबरीमा रोकिए ।