चैत्र ९, २०८२ सोमबार | १२:१९:४०
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

फिफा अध्यक्ष इन्फान्टिनोको नेपाल भ्रमण रद्ध

फिफाका अध्यक्ष जियानी इन्फान्टिनो, फाइल तस्विर ।

काठमाडौं । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यही अक्टोबर ७ सोमबार  नेपाल भ्रमण गर्ने कार्यक्रम रद्ध भएको छ ।

अखिल नेपाल  फुटबल संघ (एन्फा)मा चरम विवाद रहेको र यही अवस्थामा नेपाल भ्रमण गर्दा आफू पनि त्यसमा संलग्न हुनुपर्ने लगायतका कारणहरुले इन्फान्टिनोको भ्रमण रद्ध भएको बताइएको छ ।

एन्फा स्रोतले जानकारी गराएअनुसार फिफा अध्यक्षको भ्रमण दौरान नेपाली फुटबल पदाधिकारीसँग छलफको एजेन्डा एन्फाले प्रष्टसँग पठाउन नसकेका कारण पनि फिफा असन्तुष्ट भइरहेको थियो ।

यसका साथै नेपालमा गत साता गएको बाढी पहिरोका कारण यहाँको अवस्था सहज नभएको कारण पनि इन्फान्टिनोले अहिलेको समय नेपाल भ्रमणका लागि उपयुक्त नरहेको ठहर गरेको बताइएको छ ।

गत साता तीन दिन परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर नेपालमा सयौं जनाको ज्यान गइसकेको छ । पहिरोमा पुरिएर एन्फाले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरिरहेको एकेडेमीमा रहेका ६ बालकको पनि ज्यान गएको थियो । एन्फाको लापरवाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको भन्दै देशभित्र व्यापक आलोचना भइरहेको छ ।

फिफा अध्यक्ष इन्फान्टिनोको भ्रमण रद्ध भएपछि एन्फाले सोल्टी होटलमा उनीलगायत फिफा प्रतिनिधि मण्डलका लागि बुक गरेको कोठाहरु रद्ध गरेको जानकारी होटल स्रोतबाट प्राप्त भएको छ ।

भुटानको औपचारिक भ्रमणमा निस्कने  क्रममा इन्फान्टिनोसहित १७ सदस्यीय फिफाको प्रतिनिधि मण्डलले १२ घण्टा काठमाडौंमा बिताउने कार्यक्रम थियो । निर्धारित कार्यक्रमअनुसार निजी बिमानमा इन्फान्टिनोको टोली यही अक्टोबर ७ तारिकमा बिहान ३ बजे काठमाडौं आइपुग्ने तालिका थियो ।

काठमाडौंमा १२ घण्टा बिताएपछि दिउसो ३ बजे इन्फान्टिनोसहितको टोली भुटान जाने कार्यक्रम थियो । भुटानमा इन्फान्टिनोले फिफा गोल प्रोजेक्टको निरिक्षण गर्ने र भुटानभित्र फुटबल विकासका लागि उच्चस्तरीय भेटघाट मार्फत योजना बनाउने कार्यक्रम छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ भने बढी पहिरोका कारण देश शोकमा डुबिरहेको बेलामा इन्फान्टिनाेको भ्रमण उपयुक्त नभएकाले स्थगित भएको बताउँछन् ।

‘अहिले देश शोकमा डुबिरहेको छ । यस्तो अवस्थामा फिफा इन्फान्टिनाेलाई बोलाएर भ्रमण गराउनु उपयुक्त नलागेर रद्द गरेका हौं,’ अध्यक्ष नेम्वाङले भने, ‘अरु त्यस्तो केही कारण छैन । अवस्था सामान्य भएपछि उनलाई नेपाल भ्रमणमा ल्याउने प्रयास गर्नेछौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो