माघ ९, २०८२ शुक्रबार | १३:३७:४६
पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

फिफा अध्यक्ष इन्फान्टिनोको नेपाल भ्रमण रद्ध

फिफाका अध्यक्ष जियानी इन्फान्टिनो, फाइल तस्विर ।

काठमाडौं । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यही अक्टोबर ७ सोमबार  नेपाल भ्रमण गर्ने कार्यक्रम रद्ध भएको छ ।

अखिल नेपाल  फुटबल संघ (एन्फा)मा चरम विवाद रहेको र यही अवस्थामा नेपाल भ्रमण गर्दा आफू पनि त्यसमा संलग्न हुनुपर्ने लगायतका कारणहरुले इन्फान्टिनोको भ्रमण रद्ध भएको बताइएको छ ।

एन्फा स्रोतले जानकारी गराएअनुसार फिफा अध्यक्षको भ्रमण दौरान नेपाली फुटबल पदाधिकारीसँग छलफको एजेन्डा एन्फाले प्रष्टसँग पठाउन नसकेका कारण पनि फिफा असन्तुष्ट भइरहेको थियो ।

यसका साथै नेपालमा गत साता गएको बाढी पहिरोका कारण यहाँको अवस्था सहज नभएको कारण पनि इन्फान्टिनोले अहिलेको समय नेपाल भ्रमणका लागि उपयुक्त नरहेको ठहर गरेको बताइएको छ ।

गत साता तीन दिन परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर नेपालमा सयौं जनाको ज्यान गइसकेको छ । पहिरोमा पुरिएर एन्फाले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरिरहेको एकेडेमीमा रहेका ६ बालकको पनि ज्यान गएको थियो । एन्फाको लापरवाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको भन्दै देशभित्र व्यापक आलोचना भइरहेको छ ।

फिफा अध्यक्ष इन्फान्टिनोको भ्रमण रद्ध भएपछि एन्फाले सोल्टी होटलमा उनीलगायत फिफा प्रतिनिधि मण्डलका लागि बुक गरेको कोठाहरु रद्ध गरेको जानकारी होटल स्रोतबाट प्राप्त भएको छ ।

भुटानको औपचारिक भ्रमणमा निस्कने  क्रममा इन्फान्टिनोसहित १७ सदस्यीय फिफाको प्रतिनिधि मण्डलले १२ घण्टा काठमाडौंमा बिताउने कार्यक्रम थियो । निर्धारित कार्यक्रमअनुसार निजी बिमानमा इन्फान्टिनोको टोली यही अक्टोबर ७ तारिकमा बिहान ३ बजे काठमाडौं आइपुग्ने तालिका थियो ।

काठमाडौंमा १२ घण्टा बिताएपछि दिउसो ३ बजे इन्फान्टिनोसहितको टोली भुटान जाने कार्यक्रम थियो । भुटानमा इन्फान्टिनोले फिफा गोल प्रोजेक्टको निरिक्षण गर्ने र भुटानभित्र फुटबल विकासका लागि उच्चस्तरीय भेटघाट मार्फत योजना बनाउने कार्यक्रम छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ भने बढी पहिरोका कारण देश शोकमा डुबिरहेको बेलामा इन्फान्टिनाेको भ्रमण उपयुक्त नभएकाले स्थगित भएको बताउँछन् ।

‘अहिले देश शोकमा डुबिरहेको छ । यस्तो अवस्थामा फिफा इन्फान्टिनाेलाई बोलाएर भ्रमण गराउनु उपयुक्त नलागेर रद्द गरेका हौं,’ अध्यक्ष नेम्वाङले भने, ‘अरु त्यस्तो केही कारण छैन । अवस्था सामान्य भएपछि उनलाई नेपाल भ्रमणमा ल्याउने प्रयास गर्नेछौं ।’


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate