आश्विन १२, २०८१ शनिबार | ०७:०६:४८
क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

एएफसी यु–२० एसियन कप पुग्ने नेपालको सम्भावना समाप्त

काठमाडौं । अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यु–२० एसियन कपमा प्रतिनिधित्व गर्ने नेपालको सम्भावना समाप्त भएको छ ।

छनोट प्रतियोगिता अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा बहराइनविरुद्ध ४–० को फराकिलो हार ब्यहोरेपछि नेपालको सम्भावना सकिएको हो ।

बहराइनविरुद्ध जित हासिल गर्न सफल भएको भए नेपालको गणितीय हिसाबमा सम्भावना रहन्थ्यो । हारसँगै नेपालले चार खेलमा मात्र तीन अंक जोड्न सक्यो । तीन खेलमा दोस्रो जित निकालेको बहराइनले भने आफ्नो सम्भावनालाई जिवितै राखेको छ । बहराइनले अब तालिकाको शीर्ष स्थानमा रहेको उज्वेकिस्तानको सामना गर्न बाँकी छ ।

शुक्रबार चाइनीज ताइपेस्थित न्यु ताइपे सिटीमा सम्पन्न खेलमा बहराइनले दुई हाफमा समान दुई गोल गर्यो । बहराइनको जीतमा स्ट्राइकर सामी बस्सम अदीले दुई गोल गर्दा मिडफिल्डर खलीद अल्खलाफ र रक्षक अली अहमद हसनले समान एक गोल गरे ।

खेलको १६औं मिनेटमा बहराइनका स्ट्राइकर सामीको प्रहार बाहिरिँदा नेपाल पहिलो गोल खानबाट बच्यो । त्यसको दुई मिनेटपछि मिडफिल्डर खलीदको लामो दूरीको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

खेलको २८औं मिनेटमा बहराइनले फ्रिकिकमार्फत अग्रता लियो । सामीको प्रहार नेपाली गोलकिपर जियारथ सेखले बचाउने कुनै मौका पाएनन् । सामीको लेफ्ट फुटेड शक्तिशाली प्रहारले दोस्रो बारको जाली चुमेको थियो । यसअघि मिडफिल्डर लछ्छु थापाले विपक्षी रक्षक अम्मर अब्दुल्ला अलबसइरीलाई फौउल गरेपछि बहराइनले सेटपीस अवसर प्राप्त गरेको थियो ।

निर्धारित हाफ सकिन एक मिनेट बाँकी छँदा फरवार्ड मोहम्मद अहमेद अलीको फ्रिकिक प्रहार जियारथले बचाए । प्रशान्त लक्समको स्थानमा मैदान प्रवेश गरेका मिडफिल्डर अविनाश स्याङताङले विपक्षी फरवार्ड हमाद इस्सा अल्बालुसीलाई ट्याकल गरेपछि बहराइनले अर्को सेटपीस अवसर पाएको थियो ।

नेपाल र बहराइन प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

इन्जुरी समयमा बहराइनले अन्ततः अग्रतालाई दोब्बर बनायो । यसपालि पनि बहराइनले फ्रिकिकमार्फत नै गोल गर्यो । यसपालि हमाद इस्सा फरवार्ड नीरज कार्कीबाट फौउल हुन पुगे । बक्स नजिकै प्राप्त सेटपीस अवसर लिए खलीदले । उनले प्रहार गरेको बलले बारमा बसेका नीरजको टाउको ठोक्किँदै पोस्टको दिशा लिएको थियो । गोलकिपर जियारथले पहिलो बारमा बचाउन लाग्दा बल दोस्रो बारमा गएर गोल हुन पुगेको थियो ।

दोस्रो हाफको ७३औं मिनेटमा बहराइनले तेस्रो गोल गर्यो । मोहम्मदको पासमा सामीले करिब २१ यार्ड परबाट दर्शनीय गोल गरेका थिए । जियारथलाई बिट गर्नुअघि उनले नेपाली मिडफिल्डर सरोज दर्लामीलाई छक्याएका थिए ।

खेल सकिन ६ मिनेट बाँकी रहँदा बहराइनले अग्रतालाई चार गोल पुर्यायो । कर्नर क्रसमा अली अहमदको फ्रि हेडर गोलमा परिणत भएको थियो ।

तालिकाको शीर्ष स्थानमा रहने टोलीले सोझै चीनको टिकट काट्ने छ । छनोट प्रतियोगितमा रहेका १० समूहका उत्कृष्ट पाँच उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउने छ ।

समूह ‘बी’ मा तीन खेल खेलिसकेको कम्बोडिया ६ अंकका साथ दोस्रो स्थानमा छ । घरेलु टोली चाइनीज ताइपेले दुई खेल खेल्दा  एक अंक पनि जोड्न सकेको छैन । कम्बोडिया र उज्वेकिस्तानले अब तुलनात्मक रुपमा कमजोर चाइनीज ताइपेसँग खेल्न बाँकी छ । त्यसैले यस समूहमा कम्बोडिया र उज्वेकिस्तान फाइनल चरण पुग्ने प्रबल दावेदार टोली हुन् । बहराइनले भने आफ्नो अन्तिम खेलमा बलियो उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024