काठमाडौं । मेलचौर युवा जागरण समाजको आयोजनामा मालिकादेवी कप नकआउट सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको चौथो संस्करण कार्तिक ५ गतेदेखि सुरु हुने भएको छ ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।
विजेताले पाउने पुरस्कार रकममा तेस्रो संस्करणकाे भन्दा ४४ हजार ४४४ रुपौयाँ बढेको छ । गत संस्करणको विजेता रोयल फ्यामिली चौताराले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलकिपर, रक्षक, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ लाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । साथै, फेयर प्ले अवार्ड पनि प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागिताका लागि कार्तिक ३ गतेसम्म ५ हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ ।
प्रतियोगिताका सम्पूर्ण खेल चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछन् ।