काठमाडौं । एन्फा महिला लिगमा शुक्रबार बागमती युवा क्लबको सामना गर्दा विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै पहिलो चरणको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मध्यान्ह १२ः३० मा सुरु हुनेछ ।
एपिएफ आठ खेलमा ७ जित र १ बराबरीको नतिजासहित २२ अंक जोडेर शीर्ष स्थानमा छ ।
पहिलो चरणबाटै बाहिरिएको बागमती पनि जितका साथ प्रतियोगिताको अन्त्य गर्ने लक्ष्यमा छ । बागमती आठ खेलमा ३ जित, १ बराबरी र ४ हारको नतिजासहित छैटौं स्थानमा छ ।
यसैगरी दिउँसाे ३ः३० मा सुरु हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र कर्णाली प्रदेश भिड्दैछन् ।
आर्मी आठ खेलमा ६ जित तथा समान १ बराबरी र हारको नतिजासहित १९ अंक जोडेर दोस्रो स्थानमा छ ।
यता कर्णाली आठ खेलमा समान १ जित र बराबरी तथा ६ हारसहित ४ अंकका साथ नवौं स्थानमा छ ।