काठमाडौं । एएफसी यु–२० एसियन कप २०२५ छनोट खेलमा नेपालले आज बहराइनको सामना गर्देछ । न्यु ताइपे सिटीमा हुने खेल दिउसो पौने १ बजे सुरु हुनेछ ।
दुबै टोली दोस्रो जितको दाउमा छन् । दोस्रो जित निकालेको अवस्थामा दोस्रो चरण सम्भावना रहनेछ । यदि पराजित भएको अवस्थामा दुबै टोलीको सम्भावना समाप्त हुनेछ ।
समूह ‘बी’ मा दुबै टोलीको समान तीन अंक रहेको छ । बहराइनले दुई खेल खेल्दा नेपालले तीन खेल खेलेको छ । उज्वेकिस्तानले दुबै खेल जित्दै शीर्ष स्थान कब्जा गरेको छ । समान ६ खेल भएपनि कम्बोडिया दोस्रो स्थानमा रह्यो । पुछारको चाइनिज ताईपे बिना अंक छ ।
उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो । दोस्रो खेलमा समिर तामाङले ह्याट्रिक गर्दा ताईपेलाई ३–१ ले हराउँदै तीन अंक जोड्यो । तेस्रो खेलमा भने बलियो उज्वेकिस्तानसँग ६–० ले पराजित भयो ।
बहराइनले पहिलो खेलमा चाईपेलाई १–० ले हराउँदा कम्बोडियासँग समान अन्तरले पराजित भएको थियो । अब, टोलीले उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।