आश्विन १२, २०८१ शनिबार | ०७:१५:०४
क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

नेपालगन्ज रंगशालाको फुटबल मैदान माग गर्दै ध्यानाकर्षण

प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षण पत्र बुझाउँदै बाँके जिल्ला फुटबल संघको टिम ।

नेपालगन्ज । पुर्वाधार निर्माण भैरहेको बहानामा विगत  वर्षदेखि नेपालगन्ज रंगशालमा खेल्न रोक लगाइएको छ ।

रंगशालामा खेल्ने वातावरण मिलाउन भन्दै बाँके जिल्ला फुटबल संघले पहल सुरु गरेको छ । संघले बुधबार सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य भोजराज शाहीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

अध्यक्ष शाहीले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई खेलाडीको खेल्ने अधिकार सुनश्चित गरिदिनको लागि अपिल गर्दै ध्यानाकर्षण पत्र बुझाएको बताए ।

राष्ट्रिय खेलकुद परिषद(राखेप)को मातहतमा रहेको नेपालगन्ज रंगशालामा प्रशिक्षण र खेलकुदका गतिविधि गर्न नपाएको भन्दैं त्यसको विरोध हुँदै आएपनि त्यसको सुनुवाई भने हुन सकेको छैन ।

संघले निशुल्क यु-१२ ग्रासरुट फुटबल प्रशिक्षणको लागि प्रदे खेलकुद विकास समिति, लुम्बिनी प्रदेशलाई नेपालगन्ज रंगशालाको मैदान उपलब्ध गराउन अनुरोध गरेको थियो । तर समितिले मैदान अहिले दिन नमिल्ने भन्दै फर्काएपछि विवाद सुरु भएको छ ।

संघका अध्यक्ष शाहीले खेल र खेलाडीको हितमा काम गर्ने निकायले खेलकुदका गतिविधिहरुलाई निरुत्साहित गरेको आरोप लगाउनु लगाए । ‘नेपालगन्ज रंगशाला निर्माणमा राज्यले अर्बै रकम खर्च गरेको छ ।  यहां खेल्न बञ्चित गरिएको ७ वर्ष भइसकेको छ । खेलाडीले खेल्न पाउँदैनन् भने त्यो पुर्वाधारको के काम?,’ शाहीले प्रश्न गरे । 

नेपालगन्ज रंगशालामा भएका पुर्वाधारको संरक्षण गर्दै त्यसलाई नबिगार्ने गरी खेलकुद मैदान खेलाडीले प्रयोग गर्न पाउनु पर्ने शाहीले बताए ।

२०७६ सालमा नेपालगन्जमा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न अघि नेपालगन्ज लगायतका सहरमा थुपै्र खेलकुदका संरचनाहरु निर्माण भएका थिए । तर ति संरचनाको व्यवस्थापनमा राखेपले कुनै ध्यान दिएको छैन ।

राखेपलाई पटक/पटक लिखित र मौखिक रुपमा फुटबल मैदान उपलब्ध गराउन अनुरोध गरे पनि प्राविधिक कारण जनाउँदै मैदान नदिने गरेको गुनासो बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले गुनासो गरे ।

संघले कार्तिक १ देखि १ वर्ष वर्ष सम्म यु-१२ उमेर समुहका बालबालिकाहरुलाई निःशुल्क रुपमा प्रशिक्षण गराउँँदैछ । त्यसका लागि संघले फुटबल मैदान माग्दा नपाएको शाहीले बताए । 

प्रदेश खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले राखेपसँग अनुमति लिएर फुटबल मैदान दिन मिल्ने वा नमिल्ने निर्णय गर्ने बताउँछन् ।

‘मैदानमा पुर्वाधार निमार्णको काम भैरहेको छ । त्यससैले राखेपसँग अनुमति  लिएर मात्रै मैदान प्रयोग गर्न दिन मिल्ने/नमिल्ने निर्णय गर्नुपर्छ,’ चन्दले भने ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024