काठमाडौं । फ्रेन्च रक्षक राफेल भरानेले बुधबार व्यावसायीक फुटबलबाट संन्यासको घोषणा गरेका छन्।
३१ वर्षीय भरानेले समाजिक सञ्चालमार्फत आफ्नो १४ वर्षे व्यावसायीय करियरलाई विश्राम दिने निर्णय गरे ।
भरानले गत जुलाइमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इटालियन सिरी ‘ए’ को क्लब कोमोमा अनुबन्ध भएका थिए । अगस्ट १२ मा इटालियन कपअन्तर्गत स्याम्पडोरियाविरुद्ध खेल्दा भराने घाइते भएका थिए ।
कोमोका लागि डेब्यू गरेकै खेलमा भरानेको घुँडामा चोट लागेको थियो । उनले सन् २०१० मा फ्रेन्च क्लब लिन्सबाट आफ्नो व्यावसायीयक करियर सुरु गरेका थिए ।
सन् २०११ मा स्पेनिस क्लब रियाल मड्रिड पुगेका भरानेले त्यहाँ १ दशक बिताए । त्यसपछि उनी सन् २०२१ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए ।
भरानेले युनाइटेडमा चार वर्ष रहे । कोमोका लागि भने उनले इटालियन सिरी ‘ए’ को एक खेल पनि खेल्न पाएनन् ।
उनले सन् २०२२ को फिफा विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए ।