काठमाडौं । वडा नं १२ विरुद्ध ५-२ को जित निकाल्दै वडा नं १६ दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनलमा वडा नं १६ लाई जित दिलाउन आयुष कुँवर, रविन निरौल, साजन डंगोल र श्रेयान्स मान्धरले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । वडा नं १२ का लागि मनोज महर्जन र सिद्धार्थ देउलाले गोल फर्काए ।
विजेता वडा-१६ ले ट्रफीसहित २ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता वडा-१२ ले ट्रफी र लाख रुपियाँ पायो ।
वडा-१६ का आयुष कुँवर प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी र मनोज महर्जन सर्वाधिक गोलकर्ता बने । वडा-१२ का मनोज महर्जन उत्कृष्ट गोलकिपर चुनिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट तीनै जनाले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
काठमाडौं महानगरपालिकाका प्रशासकिय प्रमुख सरोज गुरागाईँ तथा आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनलगायतले विजेतालाई पुरस्कार वितरण गरे ।
असोज १ गते सुरु भएको प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३१ वडाले सहभागिता जनाएका थिए ।