काठमाडौं । चेल्सीले इङ्लिस फुटबल लिग (इएफएल) कप को तेस्रो चरणमा मंगलबार चौथो डिभिजनको बारो क्लबविरुद्ध ५-० को फराकिलो जित निकालेको छ ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शीर्ष डिभिजनको चेल्सीलाई जित दिलाउन क्रिस्टोफर एनकुकुले ह्यााट्रिक पूरा गर्दा पेड्रो नेटोले एक गोल थपे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको आठौं मिनेटमा एनकुकुको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । सात मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।
पउल फिर्म्यानबाट आत्मघाती गोल हुन पुग्दा २८औं मिनेटमा चेल्सी ३-० ले अगाडि बढ्यो । ४८औं मिनेटमा नेटोले टोलीका लागि चौथो गोल गरे ।
एनकुुकुले ७५औं मिनेटमा ह्याट्रिक पूरा गर्दै चेल्सीलाई ५-० को सहज जित दिलाए ।
लिग कपकै अन्य खेलमा म्यानचेस्ट सिटीले वाटफोर्ड, एस्टन भिल्लाले विकोम्बे र टोटनहमले कोभेन्ट्रीविरुद्ध समान २-१ को जित निकाले । यसैगरी लेस्टर सिटीले वाल्सललाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्यो ।