आश्विन १२, २०८१ शनिबार | ०७:१२:३३
क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

महिला लिगमा रश्मीको १३ गोल

काठमाडौं । राष्ट्रिय महिला लिगको पहिलो चरण सम्पन्न हुँन मात्र आठ मात्रै खेल बाँकी छ । पहिलो चरणमा ३७ खेल पूरा हुँदा विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबकी स्ट्राइकर रश्मी कुमारी घिसिङ सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् ।

उनले आठ खेलमा १३ गोल गरिसकेकी छिन् । जसमा दुई ह्याट्रिक समावेश छ । सोमबार सुदूरपश्चिम प्रदेशविरुद्ध १९-० को जितमा चार गोल गरेकी रश्मीले त्यसअघि कोशीविरुद्ध पाँच गोल गरेकी थिइन् ।

त्ययसअघि कर्णालीविरुद्ध दुई तथा बागमती युवा क्लब र चन्द्रपुर नगरपालिकाविरुद्ध समान एक गोल गरेकी थिइन् । चन्द्रपुरबाट ब्यवसायीक फुटबल सुरु गरेकी रश्मीले उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट खेलिसकेकी छिन् ।

०७८ को लिगमा अर्काे विभागीय टोली आर्मीबाट खेलेकी रश्मी  यस पटक एपिएफसँग जोडिएकी हुन् । दोस्रो चरण र नकआउट चरणका खेल बाँकी रहँदा रश्मीले दोस्रो स्थानमा रहेका खेलाडी भन्दा ६ गोल बढी गरेकी छिन् ।

महत्वपूर्ण स्ट्राइकर सावित्रा भण्डारी फ्रेन्च लिग खेल्ने भएपछि एपिएफको अगंपक्ती जिम्मा रश्मीले पाएकी हुन् ।  यसपटक सावित्रासँगै एपिएफकै गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र नेपाल पुलिस क्लबकी स्ट्राइकर रेखा पौडेल विदेशी क्लबमा आवद्ध हुँदा लिगमा उपलब्ध छैनन् । ०७८ सालमा पहिलो चरणमा सात खेल भएर च्याम्पियन घोषणा हुँदा सावित्राले सर्वाधिक १४ गोल गरेकी थिइन् ।

वालिङबाट खेलिरहेकी युगान्डाकी ज्याकलिन नासारी र आर्मीकी दीपा शाहीले सामान सात गोल गरेका छन् । ज्याकलिनले दुई तथा दीपाले एक ह्याट्रिक गरेकी छिन् ।

आर्मीकै विमला चौधरी र एपिएफकी अनिता केसीले समान ६ गोल  गर्न सफल भए । आर्मीकै अनिता लम्जेल, अमिषा कार्की, एपिएफकी सविता राना मगर र संकटाकी विदेशी खेलाडी टेमिलोप जेनिफरले समान पाँच गोल गर्दै गरेका छन् ।

कोशी प्रदेशकी समिक्षा मगर, आर्मीकी चन्द्रा भण्डारी र एपिएफकी प्रीति राईले समान चार गोल गरेका छन् । महिला लिगमा ८ खेलाडीले समान तीन, दश खेलाडीले समान २ तथा ३४ खेलाडीले समान एक गोल गर्दा ६ खेलाडीले आत्माघाति गोल गरेका छन् ।

महिला लिगमा हालसम्म तीन विभागीय टोलीको मात्रै दोस्रो चरण पक्का भएको छ । अब, बाँकी दुई स्थानको लागि वालिङ, कोशी, संकटा, चन्द्रपुर तथा बागमतीबीच प्रतिस्पर्धा चलिरहेको छ । दोस्रो चरणमा पाँच टोलीबीच डबल राउन्ड रोबिन लिग हुनेछ । त्यसबाट शीर्ष पाँच टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । चार खेल हुने नकआउट चरणबाट लिगको विजेता टुंगो लाग्नेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024