काठमाडौं। समाज सेवा युवा क्लबलाई सडनडेथमा ५-४ ले पराजित गर्दै चित्लाङ फुटबल क्लबले काठमाडौं जिल्लास्तरीय नकआउट/ लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेकाे छ ।
सानोगौचरण मैदानमा सोमबार सम्पन्न फाइनलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टीमा चित्लाङका दीपक थापा, सुनिल थापा, सुजित बुढाथोकी, सकल रेग्मी र आयुष कुमारले गोल गरे। विकास लामा र यमन महर्जन भने चुके ।
यता समाज सेवाका अभिषेक स्रिपाली, पदमबहादुर तामाङ, रविन गुरुङ र विवश गुरुङ गोल गर्न सफल हुँदा मिलन तामाङ, मनोज कमल र ओम आलेमगरको प्रहार गोलमा परिणत भएन ।
यससँगै चित्लाङ र समाज सेवा दुवै काठमाडौं लिगमा छनोट भएका छन्। लिगमा १३ टोलीको सहभागिता रहने छन् ।
काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा समाज सेवाले कुर्दन फुटबल एकेडेमी तथा चित्लाङले भुँईखेल फुटबल क्लबलाई पराजित गरेका थिए ।