आश्विन १२, २०८१ शनिबार | ०७:१२:४७
क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

सुजन चम्किदा नेपालको सहज जित

श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका सुजन डंगोल, तस्विरः एन्फा ।

काठमाडौं । सुजन डंगोलको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार नेपालले श्रीलंकालाई ४-० ले पराजित गर्यो ।

जितसँगै समूह ‘बी’ को नेपालले दुई खेलमा तीन अंक जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो

यता दुवै खेलमा पराजित श्रीलंका अंकविहिन छ । श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५-१ ले पराजित भएको थियो

नेपाललाई जित दिलाउन सुजन डंगोलले ह्याट्रिक पूरा गर्दा विज्ञान खड्काले एक गोल थपे ।

नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

खेलको नवौं मिनेटमा सुजनको गोलमार्फत नेपालले अग्रता लिएको थियो । उनले एकराज बिकको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।

त्यसको चार मिनेटपछि सुजनले नै टोलीको अग्रता दोब्बर बनाए । कप्तान सुवास बमको पासमा बक्स भित्र रहेका सुजनले सहजै गोल गरे ।

सुजनले ३०औं मिनेटमा ह्याट्रिक पूरा गरे । उनले कृष्णबहादुर आलेको थ्रु पासलाई नियन्त्राणमा लिँदै बल अगाडि बढाउँदै उत्कृष्ट गोल गरे ।

निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा विज्ञानले गोल गर्दै नेपाललाई ४-० को सहज जित दिलाए । उनले सुजनको पासलाई पोस्टको दिशा दिए ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली भुटानको सामना गर्नेछ । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024