चैत्र १८, २०८२ बुधबार | १०:५०:१८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बार्सिलोनाको विजयी यात्रा जारी

जिरोनाविरुद्ध गोल गरेपछि पेड्री ।

काठमाडौं । स्पेनिस ला लिगामा आइतबार लिग लिडर बार्सिलोनाले घरेलु टोली जिरोनाविरुद्ध ४-१ को सहज जित निकालेको छ ।

लगातार पाँचौं जितसँगै बार्सिलोनाले पाँच खेलमा १५ अंक जोडेको छ । पराजित जिरोना समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ ।

मोन्टिलिभी रंगशालामा बार्सिलोनालाई जित दिलाउन लामिन यमलले दुई तथा ड्यानी ओल्मो र पेड्रीले समान एक गोल गरे । जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल फर्काए ।

जिरोनाविरुद्ध दुई गोल गरेका लामिन यमल । 

खेलको ३०औं मिनेटमा यमलको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । सात मिनेटपछि यमलले नै व्यक्गित तथा टोलीका लागि तेस्रो गोल गरे ।

दोस्रो हाफ सुरुआतमै ओल्मोले टोलीका लागि तेस्रो गोल गरे । ६४औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोन ४-० को स्थितीमा पुग्यो ।

स्टुआनीले ८०औं मिनेटमा गरेको गोल जिरोनाका लागि सान्त्वना बन्यो । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा पेरान टोरेसले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा सिमित बन्यो । तर त्यसले नतिजामा कुनै असर गरेन ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो