माघ १७, २०८२ शनिबार | ११:०२:४२
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन

नेपाली ब्वाइज फुटसल टोली ।

काठमाडौं । नेपाल ‘ए’ र बंगलादेश दक्षिण एसियाली युथ फुटसल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

आइतबार नेपालले ब्वाइज यु-१९ तथा बंगलादेशले गर्ल्स यु-१७ मा उपाधि जिते ।

नेपाल विद्यालय खेलकुद महासंघ र प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा नेपाल ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५-३ले पराजित गर्यो।

नेपाल ‘बी’ का विल्सन उत्कृष्ट खेलाडी तथा नेपाल ‘ए’ का सारंश पुरी सर्वाधिक गोलकर्ता र सुगत श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए ।

सातदोबाटोस्थित प्रिमियरमै भएको गर्ल्सको उपाधि भिडन्तमा बंगलादेशले नेपाललाई ३-२ ले हरायो ।

नेपालकी सराह बज्राचार्य उत्कृष्ट खेलाडी तथा बंगलादेशकी किटिङ त्रिपुरा सर्वाधिक गोलकर्ता र बंगलादेशकै माहलाथुइ मार्मा उत्कृष्ट गोलरक्षक  चुनिए ।

विजेतालाई पूर्व सांसद विनोद श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, आयोजक महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीलगायतले पुरस्कृत गरे ।

बंगलादेश विद्यालय खेलकुद महासंघ र दक्षिण एसियाली विद्यालय खेलकुद महासंघको सहयोगमा भएको प्रतियोगितामा ब्वाइजतर्फ चार तथा गर्ल्सतर्फ तीन
 टिम सहभागी थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।