चैत्र १४, २०८२ शनिबार | ०३:०६:२८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एन्फा र ‘बी’ डिभिजनका क्लबबीचको बैठक बस्न सकेन

एन्फा लोगो, फाइल तस्विर ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘बी’ डिभिजनका क्लबलाई आगामी लिगको विषयमा छलफल गर्न मंगलबार बोलाएको बैठक स्थगित भएको छ ।

एन्फा महासचिव किरण राईले सहभागी १४ क्लबलाई १ बजे बैठकमा बोलाएका थिए । अधिकांश क्लबका पदाधिकारी उपस्थित नभएपछि बैठक बस्नै सकेन ।

एन्फा प्रवक्ता सुरेश शाहले अधिकांश क्लबका पदाधिकारी उपस्थित नभएका कारण बैठक बस्न नसकेको र चाँडै नयाँ मिति तोकिने जानकारी दिए ।

‘धेरै क्लबका प्रतिनिधि उपस्थित नभएकाले आज बैठक बस्न सकेन । चाँडै नै नयाँ मिति तोक्ने छौं,’ प्रवक्ता शाहले खेलाडीसँग भने ।

यसैगरी ‘बी’ डिभिजन क्लबका संयोजक कुमार राजभण्डारीले असन्तुष्ट ११ क्लब बैठकमा सहभागी नभएको बताए । २०७७ सालको लिगको बक्यौता रकम अझै उपलब्ध नगराएकाले सहभागी नहुने निर्णय गरेका उनले जानकारी दिए ।

‘२०७७ सालकै पैसा आएको छैन । हामीले पटक पटक उक्त रकम उपब्ध गराउन माग गरेका छौं । तर एन्फाले मानिरहेको छैन । माग नै नसुन्ने बैठकमा सहभागी हुनुको के अर्थ ?,’ राजभण्डारीले भने, ‘जहिले पनि दिन्छु भन्छन् । तर, दिँदैनन् । ४-५ पटक यस्तै भइसक्यो ।’

राजभण्डारीका अनुसार एन्फाले ५ क्लबलाई करिब ३५ लाख रुपैयाँ बक्यौता दिन बाँकी छ । एन्फाले बक्यौता रकम नदिएपछि अन्य ६ क्लबले पनि ऐक्यवद्धता जनाएका छन् ।

पंकजविक्रम नेम्वाङ एन्फा नेतृत्वमा आएको साढे दुई वर्ष पुग्नै लाग्दा सहिद स्मारक ‘ए’ र ‘सी’ डिभिजन लिग एक पटक मात्रै सम्पन्न भए पनि ‘बी’ डिभिजन लिग भने हुन सकेको छैन ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो