माघ १८, २०८२ आइतबार | १०:५६:५३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एन्फा र ‘बी’ डिभिजनका क्लबबीचको बैठक बस्न सकेन

एन्फा लोगो, फाइल तस्विर ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘बी’ डिभिजनका क्लबलाई आगामी लिगको विषयमा छलफल गर्न मंगलबार बोलाएको बैठक स्थगित भएको छ ।

एन्फा महासचिव किरण राईले सहभागी १४ क्लबलाई १ बजे बैठकमा बोलाएका थिए । अधिकांश क्लबका पदाधिकारी उपस्थित नभएपछि बैठक बस्नै सकेन ।

एन्फा प्रवक्ता सुरेश शाहले अधिकांश क्लबका पदाधिकारी उपस्थित नभएका कारण बैठक बस्न नसकेको र चाँडै नयाँ मिति तोकिने जानकारी दिए ।

‘धेरै क्लबका प्रतिनिधि उपस्थित नभएकाले आज बैठक बस्न सकेन । चाँडै नै नयाँ मिति तोक्ने छौं,’ प्रवक्ता शाहले खेलाडीसँग भने ।

यसैगरी ‘बी’ डिभिजन क्लबका संयोजक कुमार राजभण्डारीले असन्तुष्ट ११ क्लब बैठकमा सहभागी नभएको बताए । २०७७ सालको लिगको बक्यौता रकम अझै उपलब्ध नगराएकाले सहभागी नहुने निर्णय गरेका उनले जानकारी दिए ।

‘२०७७ सालकै पैसा आएको छैन । हामीले पटक पटक उक्त रकम उपब्ध गराउन माग गरेका छौं । तर एन्फाले मानिरहेको छैन । माग नै नसुन्ने बैठकमा सहभागी हुनुको के अर्थ ?,’ राजभण्डारीले भने, ‘जहिले पनि दिन्छु भन्छन् । तर, दिँदैनन् । ४-५ पटक यस्तै भइसक्यो ।’

राजभण्डारीका अनुसार एन्फाले ५ क्लबलाई करिब ३५ लाख रुपैयाँ बक्यौता दिन बाँकी छ । एन्फाले बक्यौता रकम नदिएपछि अन्य ६ क्लबले पनि ऐक्यवद्धता जनाएका छन् ।

पंकजविक्रम नेम्वाङ एन्फा नेतृत्वमा आएको साढे दुई वर्ष पुग्नै लाग्दा सहिद स्मारक ‘ए’ र ‘सी’ डिभिजन लिग एक पटक मात्रै सम्पन्न भए पनि ‘बी’ डिभिजन लिग भने हुन सकेको छैन ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।