चैत्र ६, २०८२ शुक्रबार | ०६:१८:३५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

साहुखल : लिग गोलमा शतक

काठमाडौं । नेपाली फुटबलमा लिगको इतिहास लामै भए पनि त्यसका तथ्यहरू संग्रहित छैनन् । २०४६ सालअघि लिगमा कसले कति खेल खेल्यो, कति गोल भए, कसको नाममा कुन व्यक्तिगत पुरस्कार रहेजस्ता कुनै पनि जानकारी आजको पुस्तासँग छैन ।

त्यसैले सजिलोका लागि ०४६ यताको लिगलाई आधुनिक कालको रूपमा बयान गरियो । इतिहासलाई पनि पछिल्लो ३२ वर्षमै खुम्च्याउनुपर्ने बाध्यता स्विकार्नुपर्ने अवस्था छ । पक्कै पनि ०४६ अघि भएका लिगको तुलनामा त्यसपछिका संस्करण व्यवस्थित थिए । तथापि यसपछि भएका लिगका तथ्यांक पनि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) सँग भने छैनन् ।

समयक्रमसँगै सञ्चारमाध्यमको विकास हुँदै जाँदा खेल पत्रकारले राखेका तथ्यांक नेपाली फुटबलका आधिकारिक तथ्यांक हुन् । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फासँग त लिगको अघिल्लो संस्करणको पनि स्मरण छैन ।

सञ्चारकर्मीले संग्रहित गरेको तथ्यांकअनुसार नेपाली घरेलु लिगमा सन्तोष साहुखल सबैभन्दा सफल स्ट्राइकर हुन् । २०६० सालमा स्कुल पढ्दै गर्दा १५ वर्षको उमेरमा थ्रीस्टार क्लबबाट शीर्ष डिभिजनको लिगमा ‘डेब्यु’ गरेका साहुखल नेपाली लिगको उपलब्ध इतिहासमा एक सय गोलको कोसेढुंगा पूरा गर्ने एकमात्र स्ट्राइकर हुन् ।

स्कुलबाट पोसाक लगाएरै सोझै रंगशाला आइपुग्ने साहुखलले २०६० सालमा वैकल्पिक खेलाडीका रूपमा अधिकांश खेलमा मध्यान्तरपछि थ्री स्टारको जर्सी लगाएर मैदान प्रवेश गर्नाका बावजुद ६ गोल गरेर ‘डेब्यु’ सिजनमा प्रभाव छोडेका थिए ।

पछिल्लो आठ वर्षदेखि जापानमा रहेर गैरनाफामूलक गैरसरकारी संस्थामा फुटबलमै काम गर्दै आएका साहुखलले ‘डेब्यु’ यताका हरेक पटक भएका लिगमा सहभागिता जनाउँदै आएका छन् । यसपालि लिगका लागि पनि उनी अर्को महिना नेपाल आउने योजनामा रहेको च्यासल युथ क्लबले जानकारी गराएको छ ।

१९ वर्षको बीचमा कुल १० संस्करणमा मैदान उत्रिएका साहुखलले लिगमा सय गोलको कोसेढुंगा छुने पहिलो खेलाडी बन्ने कीर्तिमान दुई वर्षअघि भएको पछिल्लो संस्करणमा पूरा गरेका थिए ।

२०७६ सालमा भएको पछिल्लो लिगमा पुस २३ गते च्यासल युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग २-२ को बराबरी नतिजा निकाल्दा सन्तोषले त्यो अनुपम सफलता पाएका थिए । ९९ गोलको अवस्थाबाट पुलिसविरुद्धको खेलमा दुवै गोल गरेका सन्तोष पहिलो गोलसँगै कीर्तिमान बनाउन सफल भएका थिए ।

लिग खेल्नकै लागिमात्र जापानबाट नेपाल आएका साहुखलले त्यो संस्करणमा सात गोल गरेर कुल गोलसंख्या एक सय तीन पुर्‍याएका थिए ।

२०७० को लिग खेलेपछि नेपाली फुटबल अनिश्चितताको भूमरीमा फसेसँगै जापान भासिएका साहुखलले पाँच वर्षपछि २०७५ मा लिग हुँदा पनि उनी नेपाल आएर ६ खेलमा तीन गोल गरेका थिए ।

नेपाली राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर ३३ वर्षे साहुखलले एक सय तीन गोलको कीर्तिमान बनाउन थ्रीस्टार, सशस्त्र प्रहरी बलको एपिएफ, मनाङ मर्स्याङदी क्लब र च्यासल गरी चार क्लबबाट लिग खेले । यसक्रममा उनले सबैभन्दा बढी थ्रीस्टारबाट ६ सिजन, च्यासलबाट दुई तथा एपिएफ र  मनाङबाट एक/एक सिजन लिग खेलेका थिए ।

लिगमा साहुखलको गोल :

२०६० सालमा थ्रीस्टारबाट ६ गोल

२०६१ सालमा एपिएफबाट ६ गोल

२०६२ सालमा थ्रीस्टारबाट ९ गोल

२०६३ सालमा थ्रीस्टारबाट ११ गोल

२०६६ सालमा थ्रीस्टारबाट १९ गोल

२०६८ सालमा मनाङबाट १६ गोल

२०६९ सालमा थ्रीस्टारबाट १७ गोल

२०७० सालमा थ्रीस्टारबाट ९ गोल 

२०७५ सालमा च्यासलबाट ३ गोल्

२०७६ सालमा च्यासलबाट ७ गोल

कुल १०३ गोल 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो