माघ १९, २०८२ सोमबार | ०४:२३:१८
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

साहुखल : लिग गोलमा शतक

काठमाडौं । नेपाली फुटबलमा लिगको इतिहास लामै भए पनि त्यसका तथ्यहरू संग्रहित छैनन् । २०४६ सालअघि लिगमा कसले कति खेल खेल्यो, कति गोल भए, कसको नाममा कुन व्यक्तिगत पुरस्कार रहेजस्ता कुनै पनि जानकारी आजको पुस्तासँग छैन ।

त्यसैले सजिलोका लागि ०४६ यताको लिगलाई आधुनिक कालको रूपमा बयान गरियो । इतिहासलाई पनि पछिल्लो ३२ वर्षमै खुम्च्याउनुपर्ने बाध्यता स्विकार्नुपर्ने अवस्था छ । पक्कै पनि ०४६ अघि भएका लिगको तुलनामा त्यसपछिका संस्करण व्यवस्थित थिए । तथापि यसपछि भएका लिगका तथ्यांक पनि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) सँग भने छैनन् ।

समयक्रमसँगै सञ्चारमाध्यमको विकास हुँदै जाँदा खेल पत्रकारले राखेका तथ्यांक नेपाली फुटबलका आधिकारिक तथ्यांक हुन् । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फासँग त लिगको अघिल्लो संस्करणको पनि स्मरण छैन ।

सञ्चारकर्मीले संग्रहित गरेको तथ्यांकअनुसार नेपाली घरेलु लिगमा सन्तोष साहुखल सबैभन्दा सफल स्ट्राइकर हुन् । २०६० सालमा स्कुल पढ्दै गर्दा १५ वर्षको उमेरमा थ्रीस्टार क्लबबाट शीर्ष डिभिजनको लिगमा ‘डेब्यु’ गरेका साहुखल नेपाली लिगको उपलब्ध इतिहासमा एक सय गोलको कोसेढुंगा पूरा गर्ने एकमात्र स्ट्राइकर हुन् ।

स्कुलबाट पोसाक लगाएरै सोझै रंगशाला आइपुग्ने साहुखलले २०६० सालमा वैकल्पिक खेलाडीका रूपमा अधिकांश खेलमा मध्यान्तरपछि थ्री स्टारको जर्सी लगाएर मैदान प्रवेश गर्नाका बावजुद ६ गोल गरेर ‘डेब्यु’ सिजनमा प्रभाव छोडेका थिए ।

पछिल्लो आठ वर्षदेखि जापानमा रहेर गैरनाफामूलक गैरसरकारी संस्थामा फुटबलमै काम गर्दै आएका साहुखलले ‘डेब्यु’ यताका हरेक पटक भएका लिगमा सहभागिता जनाउँदै आएका छन् । यसपालि लिगका लागि पनि उनी अर्को महिना नेपाल आउने योजनामा रहेको च्यासल युथ क्लबले जानकारी गराएको छ ।

१९ वर्षको बीचमा कुल १० संस्करणमा मैदान उत्रिएका साहुखलले लिगमा सय गोलको कोसेढुंगा छुने पहिलो खेलाडी बन्ने कीर्तिमान दुई वर्षअघि भएको पछिल्लो संस्करणमा पूरा गरेका थिए ।

२०७६ सालमा भएको पछिल्लो लिगमा पुस २३ गते च्यासल युथ क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग २-२ को बराबरी नतिजा निकाल्दा सन्तोषले त्यो अनुपम सफलता पाएका थिए । ९९ गोलको अवस्थाबाट पुलिसविरुद्धको खेलमा दुवै गोल गरेका सन्तोष पहिलो गोलसँगै कीर्तिमान बनाउन सफल भएका थिए ।

लिग खेल्नकै लागिमात्र जापानबाट नेपाल आएका साहुखलले त्यो संस्करणमा सात गोल गरेर कुल गोलसंख्या एक सय तीन पुर्‍याएका थिए ।

२०७० को लिग खेलेपछि नेपाली फुटबल अनिश्चितताको भूमरीमा फसेसँगै जापान भासिएका साहुखलले पाँच वर्षपछि २०७५ मा लिग हुँदा पनि उनी नेपाल आएर ६ खेलमा तीन गोल गरेका थिए ।

नेपाली राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर ३३ वर्षे साहुखलले एक सय तीन गोलको कीर्तिमान बनाउन थ्रीस्टार, सशस्त्र प्रहरी बलको एपिएफ, मनाङ मर्स्याङदी क्लब र च्यासल गरी चार क्लबबाट लिग खेले । यसक्रममा उनले सबैभन्दा बढी थ्रीस्टारबाट ६ सिजन, च्यासलबाट दुई तथा एपिएफ र  मनाङबाट एक/एक सिजन लिग खेलेका थिए ।

लिगमा साहुखलको गोल :

२०६० सालमा थ्रीस्टारबाट ६ गोल

२०६१ सालमा एपिएफबाट ६ गोल

२०६२ सालमा थ्रीस्टारबाट ९ गोल

२०६३ सालमा थ्रीस्टारबाट ११ गोल

२०६६ सालमा थ्रीस्टारबाट १९ गोल

२०६८ सालमा मनाङबाट १६ गोल

२०६९ सालमा थ्रीस्टारबाट १७ गोल

२०७० सालमा थ्रीस्टारबाट ९ गोल 

२०७५ सालमा च्यासलबाट ३ गोल्

२०७६ सालमा च्यासलबाट ७ गोल

कुल १०३ गोल 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।