चैत्र १८, २०८२ बुधबार | ११:४६:५२
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

चर्च ब्वाइज भित्रिए ग्याबह

काठमाडौं । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि चर्च ब्वाइज युनाइटेडले विदेशी खेलाडीको रूपमा घानाका फरवार्ड मोसेस ग्याबह ट्वामलाई अनुबज्भ गरेको छ ।

क्लबले सामाजिक सञ्जालमार्फत ग्याबहलाई अनुबन्ध गरेको जानकारी दियो ।

ग्याबह चर्च ब्वाइज भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । क्लबले यसअघि रक्षक किरम ओमोलाजा नुरेन र मिडफिल्डर पिटरलाई अनुबन्ध गरेको थियो ।

ग्याबहले विभागीय टोली नेपाल पुलिस क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग तथा पोखरा थन्डर्सबाट नेपाल सुपर लिग ( एनएसएल) खेलेका थिए ।

यसैगरी अनन्त तामाङलाई कप्तानी जिम्मेवारी दिएको क्लबले यसअघि गोलकिपर दीप कार्की, फरवार्ड अञ्जन विष्ट, सञ्जीव विष्ट, मिडफिल्डर एरिक विष्ट, लाकेन लिम्बु, रोहन कार्की ,विंगर आयुश घलान र रक्षक सनिश श्रेष्ठलाई अनुबन्ध गरिसकेको छ ।

टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा रमेश दंगाल छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले दशरथ रंगशालामा भुटानको पारो एफसीको सामना गर्दैछ ।

अगस्ट १३ मा हुने यो खेलको विजेता मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ। प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो