चैत्र १४, २०८२ शनिबार | ०९:१७:५३
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

मुरासँग टोटनहम स्तब्ध

लन्डन । मुरासँग २-१ ले स्तब्ध भएपछि टोटनहमको युरोपा कन्फरेन्स लिगको अघिल्लो चरण प्रवेश सम्भावना कठिन बनेको छ ।

इन्जुरी समयमा अमादेज मारोसाले गरेको गोलमा मुराले १० खेलाडीमा सीमित टोटनहमलाई निराश पारेको हो ।

प्रशिक्षक एनटोनियो कोन्टेको प्रशिक्षणमा टोटनहमको यो पहिलो हार हो ।

११औं मिनेटमा टोमी होर्भाटको गोलमा मुराले अग्रता लिएको थियो । ३५औं मिनेटमा रेयान सेसेगनन दोहोरो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि टाटनहमले १० खेलाडीमा सीमित हँदै खेलको अन्त्य गरेको थियो ।

७२औं ह्यारी केनको गोलमा टोटनमह खेलमा फर्किएको थियो । तर इन्जुरी समयमा मारोसाले गरेको गोलमा मुराले टोटनहमलाई स्तब्ध पारेको हो ।

समूह ‘जी’ मा पाँच खेलमा सात अंक जोडेको टोटनहम तेस्रो स्थानमा छ । समान खेल खेलेको भिट्से पनि सात अंकका साथ दोस्रो स्थानमा छ । जुन ११ अंकका साथ शीर्ष स्थानमा बसेको रेनिस भन्दा चार अंक कम हो । मुरा तीन अंक जोड्दै चौथो स्थानमा छ ।

दुई सातापछि टोटनहमले शीर्ष टोली रेनिसको सामना गर्दैछ । टोटनहमले कम्तीमा दोस्रो स्थानमा उक्लिदै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न रेनिसलाई पराजित गर्नु पर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो