फिफा फुटबल अवार्ड २०२१

फिफा अवार्ड भर्चुयल माध्यमबाट

ज्युरिच । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने ‘फिफा फुटबल अवार्ड २०२१’ भर्चुअल माध्यममा स्विट्जरल्यान्डको ज्युरिचमा जनवरी १७ मा आयोजना हुने भएको छ ।

हालै युरोपमा कोभिड १९ को संक्रमण दर बढिरहेकाले फिफाले  यस पटकको समारोह भर्चुअल माध्यममा गर्ने निर्णय गरेको हो ।

समारोहमा फिफाले पुरुष र महिला दुवै विधातर्फ वर्षको उत्कृष्ट खेलाडी, गोलकिपर र प्रशिक्षकलाई अवार्ड प्रदान गर्दछ ।

प्रत्येक वर्ष फ्रान्स फुटबलले प्रदान गर्ने बालोन डी ओर सँग २०१७ मा सहकार्य नगर्ने निर्णय गरेपछि फिफाले त्यसपछि प्रत्येक वर्ष फिफा फुटबल अवार्ड प्रदान गर्दै आएको छ । सन् २०१७ मा भएको पहिलो ‘फिफा बेस्ट प्लेयर’ को अवार्ड पुरुषतर्फ रोनाल्डोले जितेका थिए ।

अवार्डका लागी भोटिङ नोभेम्बर २२ मा सुरु भई डिसेम्बर १० मा समाप्त हुनेछ ।