वैशाख २८, २०८२ आइतबार | २१:३१:३२
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै

भिल्लाको नयाँ प्रशिक्षकमा लाम्पार्ड वा जेरार्ड हुनुपर्छ : मेर्सन

हङकङ । एस्टन भिल्लाका पूर्व मिडफिल्डर पाउल मेर्सनले बर्खास्तगीमा परेका प्रशिक्षक डिन स्मिथलाई स्थानान्तरण गर्नका लागि फ्रयांक लाम्पार्ड र स्टेभन जेरार्ड सबभन्दा उपयुक्त विकल्प हुने बताएका छन् ।

शुक्रबार साउथह्याम्पटनसँग १-० को पराजय भोगेपछि आइतबार प्रिमियर लिगको जारी सिजनमा बर्खास्तगी सामना गर्ने स्मिथ पाँचौं प्रशिक्षक बनेका थिए ।

ब्रेन्टफोर्डका पूर्व प्रशिक्षक स्मिथले भिल्ला पार्कमा तीन सिजन बिताउने क्रममा आफ्नो किशोरावस्थाको टोलीलाई प्रिमियर लिगमा फर्काएका थिए । मुख्य प्रशिक्षकको रुपमा भिल्लाको नेतृत्व लिएको पहिलो वर्ष नै स्मिथले टोलीलाई च्याम्पियनसिपबाट शीर्ष डिभिजनमा फर्काएका थिए । प्रिमियर लिगको पहिलो सिजनमा उनको नेतृत्वमा टोलीले प्रिमियर लिगमा ११औं स्थान हासिल गरेको थियो ।

तर ५० वर्षे प्रशिक्षकले साउथह्याम्पटनसँगको हारपछि भने जारी सिजनमा लगातारको खराव प्रदर्शनको मुल्य चुकाउनुपर्यो । साउथह्याम्पटनसँग पराजित भएपछि प्रिमियर लिग अंकतालिकामा टोली रेलिगेसन क्षेत्रभन्दा दुई अंक र दुई स्थानले मात्र माथि छ ।

१९९८ देखि २००२ सम्म भिल्लाबाट खेलेका मेर्सनले स्मिथप्रति सहानुभूति दर्शाउँदै उनकै प्रभावकारी कामका कारण टोलीको भाग्य परिवर्तन भएको बताए । आर्सनलबाट पनि खेलेका मेर्सनले टोलीमा मेर्सनलाई स्थानान्तरण गर्नका लागि लाम्पार्ड वा जेरार्ड सबभन्दा उपयुक्त विकल्प हुने विचार राखे ।

गत सिजन रेन्जर्सलाई स्कटिस प्रिमियरसिपको उपाधि जिताएका जेरार्डलाई भिल्ला ल्याउनु सहज नहुने पनि उनले बुझेका छन् । तर कुनै पनि प्रशिक्षकका लागि प्रिमियर लिगको क्लबबाट आउने प्रस्ताब अस्वीकार गर्न पनि सजिलो नहुने उनले बताए ।

‘म भिल्लाको नयाँ प्रशिक्षकका रुपमा फ्रयांक लाम्पार्ड वा स्टेभन जेरार्डलाई देख्न चाहन्छु । जेरार्ड रेन्जर्सजस्तो ठूलो क्लब सम्हालिरहेका छन् । त्यसैले उनलाई ल्याउनु गाह्रो होला । उनकै नेतृत्वमा रेन्जर्सले सेल्टिकलाई लगातार १०औं पटक उपाधि जित्नबाट रोकेको थियो । उनीहरु अहिले युरोपा लिगमा छन् र फेरी स्कटिस प्रिमियरसिप जित्ने सम्भावना नजिक छन्,’ मेर्सनले भने, ‘तर प्रिमियर लिगको क्लब सम्हाल्नु हरेक प्रशिक्षकको चाहना हुने गर्छ । स्कटिस लिगप्रति मेरो अनादर होइन । सेल्टिक र रेन्जर्स प्रिमियर लिग अंकतालिकाको १० भन्दा तल रहने टिमभन्दा राम्रा छन् । तर पनि प्रिमियर लिगको बेग्लै महत्व छ ।’

मेर्सनले चेल्सीका पूर्व खेलाडी तथा प्रशिक्षक लाम्पार्डको पनि खुलेर प्रशंसा गरे । लाम्पार्डको नेतृत्वमा थुप्रै आर्थिक तथा सरुवा बजारमा प्रतिबन्धात्मक अवस्था हुनाका बावजुद चेल्सीले २०२० को एफए कपको फाइनल पुग्नाका साथै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको थियो ।

डर्बी काउन्टीलाई त्यसअघि च्याम्पियन्सिपको प्लेअफ फाइनल पुर्याएका लाम्पार्डले स्टामफोर्ड ब्रिजमा पनि निरन्तर रुपमा युवा खेलाडीलाई मौका दिँदै उनीहरुलाई स्थापित गराउन योगदान गरेका थिए । मेसन माउन्ट, टमी अब्राहम र रिस जेम्सजस्ता युवा खेलाडीलाई उनैले अघि बढाएका हुन् ।

मेर्सनको विचारमा युवालाई अघि बढाउने लाम्पार्डको शैली भिल्लाका लागि फलदायी हुन्छ ।

‘मेरो विचारमा भिल्लाले नयाँ प्रशिक्षकको सम्भावित सुची बनाउँदा लाम्पार्डको नाम अगाडि राख्नुपर्छ । उनले चेल्सीजस्तो ठूलो क्लब सम्हालिसकेका छन् । उनले जसरी चेल्सीमा युवा खेलाडीलाई अगाडि बढाए, भिल्लामा स्मिथले पनि त्यही गरिरहेका थिए । अहिले एस्टन भिल्लाको एकेडेमीबाट ६ जना खेलाडी पहिलो टिममा छन् । तिनलाई अघि बढाउन पनि लाम्पार्डजस्तो प्रशिक्षकको खाँचो छ,’ मेर्सनले भने ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP