स्पेनिस ला लिगा

जाभीले बार्सिलोनाको प्रशिक्षण सम्हाल्दा पूर्वसहकर्मी इनियस्टा उत्साही

बार्सिलोना । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका पूर्व मिडफिल्डर आन्द्रेज इनियस्टाले पूर्व सहकर्मी जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षण सम्हाल्ने कुरामा आफु निकै उत्साही रहेको बताएका छन् ।

‘जाभी तयार छन् । उनी बार्सिलोनाको प्रशिक्षकका लागी योग्य पनि हुन्,’ इनियस्टाले भने, ‘उनले बार्सिलोनाको एकेडेमी वा क्लबलाई बुझेको भएर मात्र होइन । उनले कतारी लिगमा अल सादबाट आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । त्यसैले उनी क्लबमा आइपर्ने चुनौतीको सामना गर्न पूर्ण रुपमा तयार छन् ।’

जाभी र इनियस्टाले सन् २००२ देखी २०१५ सम्म बार्सिलोनाबाट  खेलेका थिए । त्यस्तै दुबै मिडफिल्डरले स्पेनबाट २००६ देखी २०१४ सम्म एक साथ खेलेका थिए ।