स्पेनिस ला लिगा

डाइनामो किभविरुद्ध सुखद नतिजा ल्याउने सेर्गीको विश्वास

बार्सिलोना । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका अन्तरिम प्रशिक्षक सेर्गी बार्जुआनले खेलाडीहरु लगातारको खराब लयले निराश भएपनि मंगलबार च्याम्पियन्स लिग अन्तर्गत डाइनामो किभविरुद्ध जित हात पार्न सके त्यसले खेलाडीमाथिको दबाब हट्ने बताएका छन् ।

‘जुनसुकै माध्यमबाट भए पनि खेलाडीहरुले जितका लागी  लय समात्न आवश्यक छ । अहिले खेलाडीहरुमाथी निकै दबाब छ । हाम्रा लागी मंगलबार अझ विशेष हुनेछ र कस्तो नतिजा ल्याउने त्यो खेलाडीहरुमा निर्भर रहन्छ,’ सेर्गीले भने, ‘सबैकुरा खेलाडीहरुकै हातमा छ । उनीहरुमा एकता आवश्यक छ । हामी छिट्टै लयमा फर्कने छौ ।’

रोनाल्डो कोम्यान बर्खास्त भएपछि सेर्गी बुधबार बार्सिलोनाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका थिए ।

सेर्गीको प्रशिक्षणमा बार्सिलोनाले शनिबार ला लिगाअन्तर्गत घरेलु मैदान क्याम्प नोउ मै डिपोटिभो अलाभेससँग १-१ को बराबरी खेलेको थियो ।