क्रिस्टियानो रोनाल्डो

रोनाल्डोको आलोचना गर्न हुन्न : सोल्सायर

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर साल्सायरले क्रिस्टियानो रोनाल्डोको आलोचना गर्न नहुने भन्दै पोर्चुगिच स्ट्राइकरको बचाउ गरेका छन् ।

च्याम्पियन्स लिगमा बिहीबार युनाइटेडले उत्कृष्ट पुनरागमनमा एट्लान्टामाथी ३-२ को जित निकाल्दा रोनाल्डोले तेस्रो तथा निर्णायक गोल गरेका थिए ।

‘सबैभन्दा पहिले रोनाल्डो अझै पूर्ण रुपमा फिट छन्, र उनले एट्लान्टाविरुद्धको जस्तो अवस्था पाँच सय पटक खेलिसकेका छन्,’ सोल्सायरले भने, ‘उनी यस्तो कठिन अवस्थाका लागि अनुभवी खेलाडी हुन् । उनले यस्तो अवस्थामा धेरै पटक आफूलाई प्रमाणित गरिसकेका छन् । यदी मानिसहरु रोनाल्डोको आलोचना गर्छन भने त्यो पूर्ण रुपमा गलत हो ।’

युनाइटेडले प्रिमियर लिगका पछिल्लो नौं खेलदेखी घरेलु मैदानमा ‘क्लिन सिट’ राख्न सकेको छैन । टोलीले प्रिमियर लिगका पछिल्ला सात खेलमा आठ अंक मात्रै जोडेको छ ।