स्पोटर्स एकेडेमी साँगा सी डिभिजनमा बढुवा

काठमाडौं, (खेलाडी)-  सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटअन्तर्गत आइतबार  भएको दोस्रो खेलमा संयुक्त नमुना युथ क्लबलाई १-० ले पराजित गर्दै स्पोटर्स एकेडेमी साँगाले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा स्थान पक्का गरेको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा स्पोटर्स एकेडेमीका आदित्य कार्कीको निर्णायक गोल गरे । 

आदित्यले ६४औं मिनेटमा गरेको गोल नै स्पोटर्स एकेडेमीलाई ‘सी’ डिभिजनको टिकट काट्न पर्याप्त बन्यो । 

छनोटबाट यसअघि नै आरसी ३२ ले ‘सी’ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।