मंसिर २४, २०८२ बुधबार | १४:५१:३९
इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा
शनिबारको दिन

पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको

काठमाडौं ।  हिमेशरत्न वज्राचार्यको कलमबाट निस्केको पुस्तक हो, ‘स्वर्णकथा: नेपाली फुटबलको’ । बुकहिलले प्रकाशित गरेको यो पुस्तक औपचारिक रूपमा आइतबारदेखि बजारमा उपलब्ध हुनेछ । पुस्तकले नेपाली फुटबलको एक लामो कालखण्डको बयान गर्छ । अझ ठ्याक्कै भन्दा यो नेपालले जितेको दुई स्वर्णको कथा वरीपरी घुम्छ ।

त्यसमा एक भयो, सन् १९८४ को दक्षिण एसियाली खेलकुदमा जितेको फुटबलतर्फको स्वर्ण । अर्को सन् १९९३ मा भएको दक्षिण एसियाली खेलकुदकै फुटबलमा प्राप्त अर्को स्वर्ण । यी दुवै स्वर्णका एक खास नायक हुन्, राजुकाजी शाक्य । पुस्तकमा उनीबारे बाक्लै चर्चा छ । हामीले त्यसकै एक अंश प्रस्तुत गरेका छौं ।

खेलाडीका रूपमा कोही एक खेलाडीले सबैभन्दा बढी योगदान दिएका छन् भने ती हुन्, राजुकाजी शाक्य ।

खेलाडी डटकमका सहयोगी र शुभेच्छुक रहेका कान्तिपुरकर्मी वज्राचार्यको पुस्तकको सफलताको शुभकामना । हामीलाई लाग्छ, तपाईं नेपाली फुटबलको प्रशंसक हुनुहुन्छ भने कम्तीमा एक पटक यो पुस्तक पढ्नैपर्छ । हामी चाहन्छौं, नेपाली खेलकुदबारे लेखिएका पुस्तक बजारका अझ धेरै निस्कियोस् ।

मिहिनेतको अर्को नाम राजुकाजी

खेलाडीका रूपमा कोही एक खेलाडीले सबैभन्दा बढी योगदान दिएका छन् भने ती हुन्, राजुकाजी शाक्य । उनको नाम लिनेबित्तिकै एउटा स्पष्ट छवि हाम्रो अगाडि आउने गर्छ । लामो लामो कपाल, बाक्लै जुँगा । अनि लामो न लामो थ्रो बल प्रहार गर्न व्यक्ति । नेपाली फुटबलमा उनी जत्तिको दमदार थ्रो गर्ने कोही निस्केनन् । उनको थ्रो अचुक हुने गथ्र्यो, जसले गोलका लागि धेरै पटक मौका सिर्जना गर्ने गथ्र्यो । लामो थ्रो उनलाई कसैले सिकाएको पनि थिएन, आफै सिक्दै, विकास गर्दै गए ।

शाक्य खेलेका सबै प्रतियोगिता एक ठाउँमा राख्ने हो पनि त्यो नेपालले अहिलेसम्म खेलेको सबै प्रतियोगिताको आधा त हुँदो हो ।

सबैले प्रशंसा गरेपछि उनी उत्साहित पनि भए । खेल्दा पनि खेल्न छाड्दा पनि कुनै न कुनै रूपमा नाम आइरहने व्यक्तित्व हो, शाक्य । उनले फुटबल छाडेर अरू सोचेनन्, अरू थोक सोच्न समय पनि निकालेनन् । उनको सबैभन्दा राम्रो परिचय हुनसक्छ, फुटबल, फुटबल र फुटबल । मणि शाहले भनेका छन्, ‘धेरैले गणेश थापा, उमेश प्रधान र सके मेरै नाम लिँदो हो, राम्रा खेलाडीको चर्चा गर्दा । तर म चौथो नाम पनि लिने गर्छु र ती हुन् राजु दाइ । उनी जत्तिको लामो समय नेपाली राष्ट्रिय टिमबाट खेल्ने को छ र ? नेपाली फुटबलमा खेलाडीका रूपमा धेरै योगदान दिने राजु दाइ नै हुन् ।’

सन् १९९३ मा भएको दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता नेपाली टोलीका कप्तान राजुकाजी शाक्य (बायाँ) ।

अझ उनी भन्छन्, ‘उनको नाम छुटाउनु हुन्न, नत्र नेपाली फुटबल इतिहास नै अपुरो हुन्छ ।’ शाक्यले पहिलो संस्करणको दक्षिण एसियाली खेलकुददेखि सातौं संस्करणसम्म लगातार खेले । विश्वकप छनोट खेले, एसियाकप छनोट खेल, ओलम्पिक खेले, एसियाड खेले, सार्क गोल्डकप खेले, साफ च्याम्पियनसिप पनि खेले । उनले खेलेका सबै प्रतियोगिता एक ठाउँमा राख्ने हो पनि त्यो नेपालले अहिलेसम्म खेलेको सबै प्रतियोगिताको आधा त हुँदो हो । उनले नेपालका लागि ६८ पटक खेले, जुन लामो समय कीर्तिमानमा रह्यो ।

 वास्तवमा शाक्यकाे सबैभन्दा ठूलो विशेषता हो, ‘कम्मिटमेन्ट’ । उनलाई फुटबल खेल्न पाए हुन्थ्यो । 

केही खेलाडी यस्ता हुन्छन्, जसलाई प्रायः विदेशी प्रशिक्षकले मन पराउने हुन्छ, विदेशी फुटबल विशेषज्ञले मन पराउने हुन्छ । शाक्य यस्तै खेलाडी हुन् । टिमले स्ट्रेचिङ गर्दा रुदि गुटेनडर्फले त्यसको नेतृत्व शाक्यलाई दिन्थे । यस्तो राम्रो हुन्थ्यो, उनको स्ट्रेचिङ । खासमा शाक्य ‘रफ एन्ड टफ’ खेलाडी नै हुन्, तर कार्ड भने खासै खाएनन् । मिडफिल्डबाट पनि खेले, पछि डिफेन्समा झरे र बने, लिबेरो । लिबेरो भएयता उनले टक्क हेड गर्दै बल प्लेसिङ गर्थे ।

तुरुन्तै बल पास दिइहाल्थे । उनको खेल हेर्दा आरामदायी देखिन्थ्यो, लिबेरोले पनि मिहिनेत गर्नुपर्छ र भन्ने जस्तो हुन्थ्यो । युरोपतिर यस्तै खेल्ने गर्छ, लिबेरोले । जतिबेलादेखि शाक्यले यसरी खेल्न थाले, उनले धेरैको प्रशंसा बटुले । विशेषतः विदेशीकै । कतिसम्म भने उनको खेल हेर्ने धेरै जर्मनीहरूले भन्थे, ‘यिनी त बुन्डेसलिगामा खेल्न सक्ने खेलाडी हो ।’ उनको खेलजीवनको सबैभन्दा ठूलो विशेषता हो, दुई पुस्ताका खेलाडीबीच भिजेको खेलाडी । उनले रूपकराज शर्माको पुस्ताबाट पनि खेले ।

नेपाली फुटबलमा कोही एक खेलाडी सा‍ह्रै मन लगाएर खेलेका छन् भने उनी शाक्य नै हुन् ।

उपेन्द्रमान सिंहको पुस्तामा पनि खेले । हुँदा हुँदा अहिलेको पुस्तासँग पनि उनी जोडिएका छन्, प्रशिक्षक होस वा अरू कुनै रूपमा । नेपालले दुई स्वर्ण जित्दा उनी त्यसका खेलाडी थिए । नेपालले दुई रजत जित्दा उनी एक अवसरमा खेलाडी थिए । वास्तवमा शाक्यकाे सबैभन्दा ठूलो विशेषता हो, ‘कम्मिटमेन्ट’ । उनलाई फुटबल खेल्न पाए हुन्थ्यो । फुटबलका लागि उनले सबथोक छाडे । परिवारलाई ध्यान दिएनन्, दसैं तिहार भनेनन् । दिनरात भनेनन् । विवाह पनि त ढिला गरे ।

शाक्य भन्ने गर्छन्, ‘फुटबलमा राम्रो हुने हो भने धेरै त्याग्न सक्नुपर्छ । फुटबल खेल्ने दिमागलाई धेरै बोझ दिनुहुन्न ।’ उनी आफै धेरै राम्रो खेलाडी मान्दैनन् । तर सधैं केही न केही सिक्न आतुर खेलाडी मान्छन् । त्यसैले उनी राम्रो खेलाडी पनि त भए । नेपाली फुटबलमा कोही एक खेलाडी सा‍ह्रै मन लगाएर खेलेका छन् भने उनी शाक्य नै हुन् । त्यसैले योगदान पनि धेरै देखिएको हो । उनी नेपाली फुटबलमा कति धेरै समय लगातार छाए भने त्यसको छायाँमा परेर उनको खेल्ने ‘पोजिसन’ का अरू धेरै खेलाडीले मौका नै पाएनन् ।