जेष्ठ १९, २०८२ आइतबार | ०५:१६:३१
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

भलिबलकी कविता समर्थकको रोजाईमा

पिपल्स च्वाइस अवार्ड विजेता कविता भट्ट

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टिमकी मिड ब्लकर कविता भट्ट शुक्रबार पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी छिन् ।

खेलप्रेमी, राष्ट्रिय प्रशिक्षकहरु तथा खेल पत्रकारले दिएको मतका आधारमा विजेता चयन हुने पिपल्स च्वाइस विधामा कविताले मनोनयनमा परेका अन्य चार प्रतिस्पर्धीलाई फराकिलो अन्तरमा पछाडि पारिनन्।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र मुख्य प्रायोजक बजाज पल्सरको फेसबुक पेज र इसेवामार्फत खेलप्रेमीले गरेको मतमा राष्ट्रिय प्रशिक्षक र खेल पत्रकारको मत समेत जोडेर विजेता चयन गरिएको थियो । त्यसमा इसेवामा प्राप्त मतको मतभार ५० प्रतिशत थियो भने फेसबुकको मतभार २५ प्रतिशत थियो । यसैगरी खेल पत्रकार र प्रशिक्षकहरुको मतको मतभार १२.५ प्रतिशत थियो ।

कविताले कबड्डीकी मानमती बिष्ट, क्रिकेटका गुलशन झा, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई पछि पारिन् ।

कविताले समग्रमा ५६ प्रतिशत मत हासिल गर्दा दोस्रो स्थानमा रहेकी मानमतीले १९ प्रतिसत मत प्राप्त गरिन । यसैगरी १६ प्रतिशत मत प्राप्त गरेकी प्रीति तेस्रो स्थानमा रहँदा समान ४.४ प्रतिशत मत हासिल गरेका गुलसन र श्रीराम पुछारमा सीमित भए ।

नेपाली खेलकुदको सबभन्दा प्रतिष्ठित अवार्डमा पिपल्स च्वाइस विधामा पुरस्कृत भएकी कविताले पल्सर मोटरसाइकल प्राप्त गरिन् । 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL