चैत्र ७, २०८२ शनिबार | ०५:३६:४२
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

बंगलादेशले जित्यो अस्ट्रेलियाविरुद्ध शृंखला

ढाका, (खेलाडी) – महमुदुल्लाहको कप्तानीमा रहेको बंगलादेशले पाँच खेलको ट्वान्टी–२० शृंखलाअन्तर्गत शुक्रबार अस्ट्रेलियाविरुद्धको तेस्रो खेलमा रोमाञ्चक १० रनको जित निकाल्दै इतिहास बनाएको छ । 
घरेलु मैदानमा भएको शृंखलाको तेस्रो खेलमा पनि जित निकालेको बंगलादेशले अस्ट्रेलियाविरुद्ध कुनै पनि फम्र्याटको शृंखलामा पहिलो जित निकाल्दै इतिहास बनाएको हो ।

यससँगै बंगलादेशले अस्ट्रेलियाविरुद्धको पाँच खेलको शृंखला दुई खेलअगावै ३–० ले आफ्नो पक्षमा पारेको छ । यसअघि बंगलादेशले पहिलो खेलमा अस्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

शुक्रबार पनि जितलाई निरन्तरता दिएको बंगलादेशका लागि युवा खेलाडीको प्रदर्शन निकै प्रशंसनीय रह्यो । यसअघि बंगलादेशलले अस्ट्रेलियाविरुद्ध कुनै पनि ट्वान्टी–२० खेलमा सुखद नतिजा निकाल्न सकेको थिएन । 

‘म आज निकै खुसी छु । उपयुक्त समयमा युवा खेलाडीले माथि उठेर परिपक्व खेल देखाए,’ बंगलादेशका कप्तान महमुदुल्लाहले भने । टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टोली बंगलादेशले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर  १ सय २७ रन जोडेको थियो । जसमा कप्तान महमुदुल्लाह एक्लैले ५२ रनको पारी खेलेका थिए ।

१ सय २८ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको अस्ट्रेलियाले पूरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा मात्र १ सय १७ रन जोड्न सक्यो । जबाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि मिचेल मार्सले ५१ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीको हारलाई टार्न सकेनन् । ओपनर बेन म्याकडेरमोटले ३५ रन बनाउँदै इनिङ सम्हाले पनि म्याथ्यु वाड सम्झनलायक प्रदर्शन गर्न चुके । एलेक्स क्यारे २० रनमा अविजित रहँदा डान क्रिस्टियन ७ रनमा अविजित रहे पनि जितका लाग स्कोर पर्याप्त भएन ।

कसिलो बलिङ गर्ने क्रममा घरेलु टोली बंगलादेशका सोरिफुल इस्लामले २ विकेट निकाल्दा नसुम अहमेद र शकिब अल हसनले १÷१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान महमुदुल्लाहले ५२ रन बनाएका थिए । ५३ बलको सामना गरेका उनले ४ चौका हिर्काएका थिए । उनलाई साथ दिने क्रममा  शकिब अल हसनले २६ रनको पारी खेल्दा आफिफ होसेनले १९ र नुरुल होसेनले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

अस्ट्रेलियाका डेब्यु खेलाडी नाथन एलिसले ह्याट्रिक विकेट लिए । पराजयसँगै उनको ह्याट्रिक ओझेलमा परेको छ । अन्तर्राष्ट्रिय डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमानसमेत नाथन एलिसको नाममा बनेको छ । नाथनले १९ ओभरको अन्तिम तीन बलमा विकेट लिँदै डेब्यु खेलमा ह्याट्रिक पूरा गरेका हुन् ।

नाथनका अलावा जोस हाजलउड र एडम जाम्पाको नाममा २/२ विकेट रह्यो । बंगलादेशसँगको शृंखलाअन्तर्गत तेस्रो खेलमा पराजित टोलीमा शीर्ष खेलाडी स्टिभ स्मिथ, डेभिड वार्नर र प्याट कमिन्सजस्ता खेलाडी समावेश छैनन् । उनीहरू क्याम्प फर्किने या नफर्किन अझै अनिश्चित छ । अस्ट्रेलियाका कप्तान म्याथ्यु वाडले पराजयबाट आफू  निराश भएको प्रतिक्रिया दिए ।

‘खेलमा केही कमी कमजोरी देखिएका छन् । जुन हामीले सुधार गर्न सकेका छैनौं । हारले निराश बनाएको छ,’ कप्तान म्याथ्यु वाडले भने । शुक्रबार शृंखला पक्षमा पारेपछि घरेलु टोलीका खेलाडीले मैदानमा खुसीयाली मनाएका थिए । बलियो टोलीमाथि घरेलु मैदानमा निकालेको जितले खेलाडीलाई ऊर्जा मिलेको हो । बंगलादेशको स्तर पनि उकासिएको कप्तान महमुदुल्लाहले प्रतिक्रिया दिए । 

अन्तर्राष्ट्रिय डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमानसमेत नाथन एलिसको नाममा बनेको छ । नाथनले १९ ओभरको अन्तिम तीन बलमा विकेट लिँदै डेब्यु खेलमा ह्याट्रिक पूरा गरेका हुन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो