फाल्गुन ५, २०८२ मंगलबार | ०८:५६:१८
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

राहुल र मिचेलको सतक, न्युजिल्यान्डले भारतलाई हरायो

काठमाडौं । ड्यारी मिचेलको सतकप्रेरित न्युजिल्यान्डले घरेलु टोली भारतविरुद्धको दोस्रो एकदिवसीय खेल ७ विकेटले जितेको छ । राजकोटमा भएको खेल न्युजिल्यान्डले जितेसँगै तीन खेलको शृंखला १–१ को बराबरीमा पुगेको छ ।

पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो । अब, निर्णायक खेल जनवरी १८ मा इन्डोरमा हुनेछ ।

टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा न्युजिल्यान्डले ४७.३ ओभरमा तीन विकेट गुमाउँदै जित निकाल्यो । यो जितपछि न्युजिल्यान्डले शृंखला जित्ने सम्भावना कायम राखेको छ ।

न्युजिल्यान्डको जितमा मिचलले ११७ बलमा अविजित सर्वाधिक १३१ रन बनाए । उनले ११ चौका र २ छक्का हिर्काएका थिए । विल योङले ९८ बलमा ८७ रन जोडे । उनले सात चौका प्रहार गरे ।

मिचेल र योङले तेस्रो विकेटको लागि एक सय ६२ रनको साझेदारी गरेका थिए । मिचेल र ग्लेन फिलिप्सले अविजित ७८ रनको साझेदारी गरेका हुन् । फिलिप्सले २५ बलमा ३२ रन बनाए ।

भारतका हर्षित राना, प्रसिद्ध कृष्ण र कुलदीप कार्कीले समान एक विकेट हात पारेका थिए ।

यसअघि भारतका केएल राहुलले पनि सतकीय इनिङ्स खेलेका थिए । उनले ९२ बलमा ११ चौका र १ छक्कासहित ११२ रन बनाएका हुन् । कप्तान शुभमन गिलले ५६ रन जोडेका थिए । उनले ५३ बलमा ९ चौका र १ छक्का हिर्काएका थिए । रोहित शर्माले २४ तथा विराट कोहलीले २३ रन बनाएका हुन् ।

न्युजिल्यान्डका लागि क्रिष्टियन क्लार्कले सर्वाधिक ३ विकेट हात पारेका थिए । 
 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL