काठमाडौं । कर्णाली याक्सका ओपनर मार्क वाटले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
प्रतियोगिताको छैटौं दिन कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछ्याइरहेको कर्णालीका लागि वाटले २९ बलमा तीन चौका र पाँच छक्कासहित ५० रन पूरा गरेका हुन् ।
प्रतियोगितामा यो ११औं अर्धशतक हो । उनी ५० रन पूरा गर्ने नवौं ब्याटर बनेका छन् । प्रतियोगितामा पोखराका कुशल भुर्तेल र चितवन राईनोजका रवी बोपाराको नाममा दुई अर्धशतक छ ।
छैटौं ओभरको चौथो बलमा अभिशेष गौतमले गलीमा वाटको क्याच ड्रप गरेका थिए ।
वाटको अर्धशतकसँगै कर्णालीले ९ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै १०२ रन जोडेको छ ।
भिडियो
THREE NATIONS CUP जितेर फर्कन्छौं । Renuka Nagarkote
THREE NATIONS CUP मा SAMBA नहुँदा ARGENTINA मा MESSI र PORTUGALमा RONALDO नभएजस्तै हो Nabin Neupane
दुई खेल हारेपछि अब हाम्रो लागि NPL नकआउट प्रतियोगिताजस्तै भएको छ ।I Rajiv Kumar II POKHARA AVENGERS
NPLमा राम्रो गरेपछि विश्वकपमा परिन्छ, त्यही भएर राम्रो गरिरहेको छु HEMANTA DHAMI SUDURPASCHIM | NPL
LIVE II SUDURPASCHIM ROYALS का FANS II सुदूरपश्चिम भोकाएको बाघ हो, सिकारलाई झम्टेर ट्रफी लग्छ II NPL
NPL को पहिलो खेलमा CHITWAN RHINOS लाई हराएपछि LUMBINI LIONS का कप्तान ROHIT PAUDEL
लुम्बिनी लायन्स सँग हारेपछि अम्पायरको निर्णयमा के भने चितवनका इङ्लिस ब्याटर RABI BOPARA ले ? NPL 2
