मंसिर ६, २०८२ शनिबार | १३:१२:२०
लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ? जटिल बन्दै फुटबल विवादः सरोकारवालाहरु नै सुन्दर खेलको चिरहरणमा प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’ कथा एसेज सिरिजको धुर्मुस–सुन्तलीको रंगशाला महत्त्वाकांक्षाले सिकाएको पाठ सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ? जटिल बन्दै फुटबल विवादः सरोकारवालाहरु नै सुन्दर खेलको चिरहरणमा प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’ कथा एसेज सिरिजको धुर्मुस–सुन्तलीको रंगशाला महत्त्वाकांक्षाले सिकाएको पाठ सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए

लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा कर्णाली याक्सविरुद्ध १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतियोगिताको छैटौं दिन कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रनको योगफल खडा गर्यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै रुवेन ट्रम्पलम्यानले २९, योहानस स्मिथले २३ र डार्सी सर्टले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीका लागि नन्दन यादवले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपीन शर्मा र युवराज खत्रीको नाममा समान एक विकेट रह्यो ।

लुम्बिनीले दोस्रो ओभरको तेसे बलमा ओपनर सन्दीप जोरालाई गुमाएको थियो । जोरालाई नन्दन यादवले विलियम बसिस्टोबाट क्याच गराए । त्यसपछि क्रिजमा आएका रोहित र ओपनर डार्सी सर्टबीच ३६ रनको साझेदारी भयो ।

सातौं ओभरको चौथो बलमा डार्सीलाई गुल्सन झाले पवेलियनको बाटो देखाए । डार्सी प्रियान्क पन्चालबा क्याच भए ।  अर्को ओभरको अन्तिम बलमा दिलीप नाथलाई मार्क वाटले बोल्ड गरे । त्यसपछि आए गुल्बडिन नाइब ।

चितवन राईनोजविरुद्धको पहिलो खेलमा ४४ रनको अविजित पारी खेलेका नाइब यसपाली सस्तैमा आउट भए । नाइबलाई युवा बलर विपीन शर्माले एलबिडब्लुको शिकार बनाए । दिलीपले ६ रनभन्दा बढी जोड्न सकेनन् ।

स्कोरबोर्डमा ७८ रन हुँदा लुम्बिनीले पाँचौं विकेटका रुपमा सुमित महर्जनलाई गुमायो । सुमित अर्का युवा बलर युवराज खत्रीको बलमा विलियम बसिस्टोबाट क्याच भए । त्यसपछि रोहितले सातौं नम्बरका ब्याटर योहानस स्मिथसँग मिलेर छैटौं विकेटका लाथि ३५ रनको साझेदारी गरे । १७औं ओभरको चौथो बलमा रोहित सोमपाल कामीको बलमा नाजीबुल्लहा जद्रानबाट क्याच भए । अर्को ओभरको अन्तिम बलमा स्मिथ पनि पवेलियन फर्किए । उनी नन्दनको बलमा युवराजबाट क्याच भए । जतिबेला लुम्बिनीले १३० रनको आँकडा पूरा गरेको थियो । दुई रनपछि समरि अलि मुसलमानलाई वाटले रनआउट गरे ।

ट्रम्पलम्यानले शेरमल्लसँग मिलेर नवौं विकेटका लागि २४ रनको साझेदारी गरे ।


भिडियो
दुई खेल हारेपछि अब हाम्रो लागि NPL नकआउट प्रतियोगिताजस्तै भएको छ ।I Rajiv Kumar II POKHARA AVENGERS
NPLमा राम्रो गरेपछि विश्वकपमा परिन्छ, त्यही भएर राम्रो गरिरहेको छु HEMANTA DHAMI SUDURPASCHIM | NPL
LIVE II SUDURPASCHIM ROYALS का FANS II सुदूरपश्चिम भोकाएको बाघ हो, सिकारलाई झम्टेर ट्रफी लग्छ II NPL
NPL को पहिलो खेलमा CHITWAN RHINOS लाई हराएपछि LUMBINI LIONS का कप्तान ROHIT PAUDEL
लुम्बिनी लायन्स सँग हारेपछि अम्पायरको निर्णयमा के भने चितवनका इङ्लिस ब्याटर RABI BOPARA ले ? NPL 2
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2