मंसिर ३, २०८२ बुधबार | २१:०७:२५
एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै 'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै 'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट

हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार

काठमाडौं । भारतीय मूलका अमेरिकी खेलाडी हर्मित सिंहको अलराउन्ड प्रदर्शनप्रेरित साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा घरेलु टोली काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

बुधबार प्रतियोगिताको तेस्रो दिन दिनको एकमात्र खेलमा शीर्ष क्रम धरासायी बन्दा सामान्य लक्ष्यसमेत बनाउन नसक्ने स्थितिमा आठौं नम्बरमा ब्याटिङ गर्न आएका हर्मितले अर्धशतकीय पारी खेले । फलस्वरुप सुदूरपश्चिम काठमाडौंलाई १४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । बलिङमा पनि उनले उत्तिकै सानदार प्रदर्शन गरे ।

काठमाडौंले १६.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ११८ रन बनाउन सक्यो ।

एकसमय सहज जिततर्फ अग्रसर देखिएको काठमाडौंका दुई खेलाडीलाई पवेलियनको बाटो देखाउँदै हर्मितले खेललाई उल्टाए । कुल तीन खेलाडीको विकेट लिएका हर्मितले १२औं ओभरको पाँचौं बलमा ‘सेट’ ब्याटर/ओपनर अकाश त्रिपाठीलाई आउट गरे । लगत्तैको बलमा मोहम्मद आदिल आलम ‘गोल्डेन डक’ भए । यहीँबाट सुदूरपश्चिमको बाटो मोडिएको हो ।

काठमाडौं १०औं ओभरको समाप्तिमा ९३/४ को स्थितिमा थियो । जितका लागि अब काठमाडौंलाई १० ओभरमा ६.५ को रनरेट आवश्यक थियो । तर, हर्मितको त्यो ओभर काठमाडौंलाई महंगो साबित भयो । त्यो दुई विकेटसँगै काठमाडौं ९६/६ को स्थितिमा पुग्यो ।

१५औं ओभरको तेस्रो बलमा अलउान्डर मिलिन्द कुमारको विकेटले झन सुदूरपश्मिलाई बल दियो । स्कोरबोर्डमा ११० रन हुँदा मिलिन्दलाई नरेन साउदले पवेलियनको बाटो देखाएका थिए । मिलिन्द कुगुलेइनबाट क्याच भए ।

त्यसपछि ८ रनमा काठमाडौंले तीन विकेट गुमायो ।

काठमाडौंका लागि आकाशले सर्वाधिक ३४ रन बनाए । त्यस्तै जोन सिम्पसनले २४ रन बनाउँदा भिम शार्कीले १२ र मिलिन्दले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । आकाश जोस ब्राउनबाट क्याच भएका हुन् भने सिम्पसनलाई इशान पाण्डेले एलबिडब्लुको शिकार बनाएका थिए ।

सुदूरपश्चिमका लागि हर्मितसँगै स्कट कुगुलेइन र हेमन्त धामीले समान दुई विकेट लिए । त्यस्तै इशानसँगै नरेन साउदको नाममा पनि एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल खडा गरेको थियो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका लागि हर्मितले २० बलमा दुई चौका र ६ छक्कासहित ५३ रनको योगदान गरे । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरिले ३० बलमा तीन चौका र एक छक्काको मद्धतमा ३९ रन बनाए । यसैगरि आरिफले २५ र इशान पाण्डेले ११ रन जोडे ।

काठमाडौंका लागि कप्तान करण केसीले ४ विकेट लिए । त्यस्तै मिलिन्द कुमार, सन्नी पट्टेल र रसिद खानको नाममा समान दुई विकेट रह्यो ।

सुदूरपश्मिको सुरुआत एकदमै खराब रह्यो ।

ब्याटिङ पावरप्लेमा सुदूरपश्चिमले चार विकेटको क्षतिमा मात्र २७ रन जोडेको थियो । करणले पहिलो ओभरमै ओपनरद्धय योस ब्राउन र विनोद भण्डारीलाई पवेलियनको बाटो देखाएका थिए । ब्राउन एलबिडब्लुको शिकार बन्दा विनोद भिम शार्कीबाट क्याच भए । दुबै ‘डक आउट’ भए ।

तेस्रो ओभरको पाँचौं बलमा क्रिस लिन पनि आउट भए । करणकै बलमा मिलिन्द कुमारबाट क्याच भएका अस्ट्रेलियन ब्याटर लिनले एक रनभन्दा बढी जोड्न सकेनन् ।

ब्याटिङ पावरप्लेको अन्तिम बलमा काठमाडौंले इशानको विकेट हासिल गर्यो । इशान मिलिन्दको बलमा मोहम्मद आदिल आलमबाट क्याच भए । त्यसपछि आएका दीपेन्द्रसिंह ऐरिले पाँचौं विकेटका लागि आरिफ शेखसँग २५ रनको साझेदारी गरे ।

१०औं ओभरको चौथो बलमा आरिफलाई रसिदले बोल्ड गरिदिए । त्यसपछि आएका नरेन साउद पनि धेरै बेर टिकेनन् । ६ रनमा ब्याटिङ गरिरहेका नरेन मिलिन्दको बलमा भिम शार्कीबाट क्याच भए ।

नरेन पवेलियन फर्किएपछि हर्मितले पारी उकासेका हुन् । हर्मितले ऐरिसँग मिलेर ५७ रनको साझेदारी गरे ।

१८औं ओभरको तेस्रो बलमा ऐरि रसिदको बलमा आलमबाट क्याच भए । जतिबेला स्कोरबोर्डमा सुदूरपश्चिमले १३३ रन जोडेको थियो । त्यसपछिका १५ बलमा सुदूरपश्चिमले १४ रन मात्र जोड्न सक्यो ।

प्रतियोगितामा काठमाडौंको यो पहिलो हार हो । यसअघि काठमाडौंले उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्समाथि ५ विकेटको प्रभावशाली जित हासिल गरेको थियो । सुदूरपश्चिमको यो पहिलो खेल हो ।

आफ्नो दोस्रो खेलमा सुदूरपश्चिमले शुक्रबार पोखरा एभेन्जर्ससँग खेल्नेछ । त्यस्तै काठमाडौंले आफ्नो तेस्रो खेलमा शनिबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS
MALAYSIA सँग खेल्न क्लालालम्पुरस्थित बुकिट जलाल राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय टिम II AFC
MALAYSIA विरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय टिम BUKIT JALIL NATIONAL STADIUM KUALALAMPUR आइपुग्यो
CHITWAN RHINOS COACH KALAM ALI II JAIF को CATCH MISS हुनुले MATCH TURN गरायो ।I NPL 2
फ्लडलाइट र प्यारापिटयुक्त TU GROUND मा खेलेपछि अचम्मित भएका SOMPAK KAMI को प्रश्न, हाम्रै TU होर ?