मंसिर २, २०८२ मंगलबार | १५:००:२८
पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल एनपिएलमा आज दुई खेलः कर्णालीविरुद्ध चितवनलाई बदला लिने अवसर, पोखरालाई विराटनगरको चुनौती पावरप्लेमा चितवनले जोड्यो ४१ रन कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल एनपिएलमा आज दुई खेलः कर्णालीविरुद्ध चितवनलाई बदला लिने अवसर, पोखरालाई विराटनगरको चुनौती

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

सट खेल्दै कर्णालीका ब्याटर प्रियांक पञ्चाल । तस्बिरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । भारतीय ओपनर प्रियान्क पन्चालको सानदार पारी र अन्तिम ओभरमा पवन शराफको आक्रमक ब्याटिङप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुई अन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजविरुद्ध १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एनपिएल खेलको पहिलो अनुभव लिइरहेका पन्चालले ४८ बलमा सात चौका र ६ छक्कासहित ९० रनको सानदार पारी खेले । पवनले १६ बलमा एक चौका र तीन छक्काको मद्धतमा २७ रन बनाए ।

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका लागि अर्का ओपनर म्याक्स ओ’डाउडले २० रन बनाए । डाउडले पहिलो विकेटका लागि पन्चालसँग ६१ रनको साझेदारी गरेका थिए । यसबाहेक मार्क वाटले १६ रन बनाउँदा निजीबुल्ला जद्रान चार रनमा अविजित रहे ।

चितवनका लागि सोहेल तनवीर, सेफ जैब र रवी बोपाराले समान एक विकेट लिए ।

ब्याटिङ पावरप्लेमा ५१ रन जोडेको कर्णालीले १४औं ओभरको पाँचौं बलमा कर्णालीले एक सय रन पूरा गर्यो । यसबीच ओ’डाउड नवौं ओभरको पाँचौं बलमा सेफ जैबबाट बोल्ड भए । त्यसपछि पन्चालले मार्क वाटसँग मिलेर ६३ रनको साझेदारी गरे ।

१६औं ओभरको चौथो बलमा रवी बोपाराले पन्चाललाई पवेलियनको बाटो देखाउँदै चितवनलाई ब्रेक थ्रु दिलाए ।  पन्चाल लङ अनमा देव खनालबाट क्याच भए । त्यसपछि आएका पवनले वाटसँग मिलेर पारीलाई उकासे ।

१९औं ओभरको अन्तिम दुई बलमा पवन शराफले लगातार छक्का प्रहार गर्दै कर्णालीलाई राम्रो योगफलततर्फ दोहोर्याएका हुन् । त्यसपछि इनिङ्सको अन्तिम बलमा उनले पुनः छक्का प्रहार गरेपछि कर्णालीले १६६ रनको योगफल खडा गरेको हो । १९औं ओभरको दोस्रो बलमा वाट सोहेल तनवीरको शिकार बनेका थिए । उनी रिजन ढकालबाट क्याच भए ।
 


भिडियो
KARAN KC II फ्लड लाइटमा पहिलो पटक खेलेर जित्न पाउनु ऐतिहासिक रह्यो।I NPL2025 II KATHMANDU GORKHAS
ANIL SHAH II CAPTAIN II JANAKPUR BOLTS II टियुमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको भाइभ्स गज्जब भयो ।
BHUWAN KAMI II SAFF का कमजोरी प्रशिक्षणमा सुधारेका छौं । यसपाली AFC मा छनोट हुने लक्ष्य हो ।I
PRASHANT MOKTAN II प्रशिक्षण राम्रो भयो । समग्रमा टिम पहिलाभन्दा धेरै बलियो भएको छ ।I U-17 TEAM
U-17 Team Head Coach SANJEET SINGH II प्रशिक्षकको नाताले सबैखाले नतिजाको जिम्मेवारी लिन तयार छु ।I
ANFA GS RAI: साथीहरु ठूला कुरा गर्छन II तर विगतमा खेलाडीले WCUP छनोट पनि खेल्न पाउँदैनथे II
युवा टिमलाई ANFA GS राईको अर्तिः ‘अहिलेका खेलाडीले धेरै अवसर पाएका छन्, त्यसको उपयोग गर्नु’