मंसिर २, २०८२ मंगलबार | १४:१०:१७
कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल एनपिएलमा आज दुई खेलः कर्णालीविरुद्ध चितवनलाई बदला लिने अवसर, पोखरालाई विराटनगरको चुनौती एनपिएलः सुविधाजनक पूर्वाधारको सपना पूरा भएको दिन काठमाडौंको शानदार जित कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य पन्चालको पहिलो खेलमै अर्धशतक, १० ओभरमा कर्णालीले जोड्यो ७२ रन पावरप्लेमा कर्णालीले जोड्यो ५१ रन सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ पहिलोपटक एसियन डजबल खेल्दै नेपाल नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट सानदार जितका साथ जर्मनी फिफा विश्वकपमा एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल एनपिएलमा आज दुई खेलः कर्णालीविरुद्ध चितवनलाई बदला लिने अवसर, पोखरालाई विराटनगरको चुनौती एनपिएलः सुविधाजनक पूर्वाधारको सपना पूरा भएको दिन काठमाडौंको शानदार जित

सुदूरपश्चिमलाई श्री एयरलाइन्सको साथ

सम्झौतापत्र आदानप्रदान गर्दै सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सका अधिकारीहरु । तस्बिर सौजन्यः सुदूरपश्चिम रोयल्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईका लागि साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई श्री एयरलाइन्सले ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनरका रुपमा सघाउने भएको छ ।

सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनरको सम्झौता भयो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमूख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले हस्ताक्षर गरे ।

सम्झौतापछि सुदूरपश्चिम रोयल्सका सिइओ खड्काले नेपालकै प्रतिष्ठित एयरलाइन्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरे ।

यसैगरी, श्री एयरलाइन्सका कर्पोरेट निर्देशक मानन्धरले यो साझेदारीलाई एयरलाइन्स क्षेत्रका लागि सुखद पक्ष भएको बताए ।

गतवर्ष पहिलो सिजनमा सनसनीपूर्ण प्रदर्शनका साथ फाइनलसम्मको यात्रा तय गरेको सुदूरपश्चिमको टिममा यसपाली पनि राष्ट्रिय टिमका स्टार अलराउन्डर दिपेन्द्र सिंह ऐरी मार्कीको भूमिकामा छन् ।

यसैगरी टिममा आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन छन् । टोली राष्ट्रिय टिमको समेत नेतृत्व सम्हालिसकेका सुदूरपश्चिमकै प्रशिक्षक जगत टमाटाको नेतृत्वमा मैदान उत्रिनेछ ।

सोमबारबाट सुरु भएको एनपिएल सिजन दुईमा सुदूरपश्चिमले बुधबार काठमाडौं गोर्खाजसँग खेल्दै प्रतियोगिता सुरुआत गर्नेछ । काठमाडौंले सोमबार उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्टसमाथि ५ विकेटको जित हासिल गरेको थियो । 


भिडियो
KARAN KC II फ्लड लाइटमा पहिलो पटक खेलेर जित्न पाउनु ऐतिहासिक रह्यो।I NPL2025 II KATHMANDU GORKHAS
ANIL SHAH II CAPTAIN II JANAKPUR BOLTS II टियुमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको भाइभ्स गज्जब भयो ।
BHUWAN KAMI II SAFF का कमजोरी प्रशिक्षणमा सुधारेका छौं । यसपाली AFC मा छनोट हुने लक्ष्य हो ।I
PRASHANT MOKTAN II प्रशिक्षण राम्रो भयो । समग्रमा टिम पहिलाभन्दा धेरै बलियो भएको छ ।I U-17 TEAM
U-17 Team Head Coach SANJEET SINGH II प्रशिक्षकको नाताले सबैखाले नतिजाको जिम्मेवारी लिन तयार छु ।I
ANFA GS RAI: साथीहरु ठूला कुरा गर्छन II तर विगतमा खेलाडीले WCUP छनोट पनि खेल्न पाउँदैनथे II
युवा टिमलाई ANFA GS राईको अर्तिः ‘अहिलेका खेलाडीले धेरै अवसर पाएका छन्, त्यसको उपयोग गर्नु’