चैत्र १३, २०८२ शुक्रबार | १८:५५:५९
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग-२ मा आफ्नो खराब लयलाई जारी संयुक्त अरब इमिरेट्स (युएई) र अमेरिकासँगको आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखालमा पनि कायम राखेको छ ।

युएईमा जारी शृंखालमा नेपालले अघिल्ला तीन खेल गुमाएको छ । समग्रमा भने १९ खेल खेलको नेपाल १२ हार र पाँच जितकासाथ १२ अंक जोडेर सातौं स्थानमा छ । दुई खेल भने विना नतिजा टुंगिएको थियो ।

खराब लयकाबीच नेपालले बुधबार शृंखलाको अन्तिम खेलमा युएईको सामना गर्दैछ । जारी लिगमा नेपालभन्दा पछि रहेको टोली युएई मात्रै हो ।

खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । युएईको सामना गर्दा नेपाल अघिल्लो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । यस्तै नेपालले जारी शृंखलामा जित निकाल्न सकेको छैन । टोली अमेरिकासँगको दुवै खेलमा पनि पराजित भएको थियो । 
नेपाल रोहितकुमार पौडेल तथा युएई राहुल चोपराको कप्तानीमा मैदान उत्रिँदैछन्  ।

यता खराब लयमा रहेको युएईले पनि जारी शृंखलामा निकालेको एकमात्र जित नेपालविरुद्ध नै निकालेको थियो । युएईले पनि अमेरिकासँगका दुवै खेल गुमाएको थियो ।

युएई १९ खेलबाट १५ हार र चार जितको नतिजासहित आठ अंक जोडेर अन्तिम स्थानमा छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच १६ खेल भएका छन् । जसमा नेपाल ९ र युएई सात खेलमा विजयी भएका छन् । यसबाट पनि थहा हुन्छ दुवै टोलीबीच खासै अन्तर छैन ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको इतिहासलाई हेर्न हो भने युएई नेपालमाथि हाबी देखिएको छ । यो मैदानमा यी दुईबीच हालसम्म पाँच खेल हुँदा युएईले चार र नेपालले एक खेल आफ्नो पक्षमा पारेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो