पुस ९, २०८२ बिहीबार | ०७:४५:३१
धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित

तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत

विश्वकप छनोट खेल्ने नेपाली क्रिकेट टोली, तस्विरः क्यान ।

काठमाडौं । लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक ट्वान्टी-२० विश्वकप खेल्ने अभियानको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट सुरुआत गर्नेछ ।

यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।

विश्वकप पुग्ने यात्राको बाटोमा परेको आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिता खेल्न ओमान पुगेको नेपालले समूह ‘बी’ मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

नेपालले बुधबार कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । जापानसँग चाँही नेपालको खेल शुक्रबार हुनेछ । समूहको शीर्ष दुई टिम सुपरसिक्समा पुग्नेछन् ।

अर्को समूहबाट आएका टोलीसँग प्रतिस्पर्धा गरेपछि सुपर सिक्सबाट तीन टिमले अर्को वर्ष श्रीलंका र भारतमा हुने विश्वकपको टिकट काट्नेछन् ।

ओमानको मस्कटमा सुरु हुन छनोट प्रतियोगिता यही अक्टोबर १७ सम्म चल्नेछ । प्रतियोगितामा ९ टोलीको सहभागिता छ । सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा मलेसिया, कतार र युएई तथा समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।

युएईमा वेस्ट इन्डिजविरुद्धको ट्वान्टी-२० शृंखला आफ्नो पक्षमा पारेको नेपाली टोली उच्च मनोबलका साथ ओमान पुगेको छ ।  

विश्वकप छनोटअघिको यो शृंखलाले नेपाली टोलीलाई राम्रै फाइदा पुगेको अभ्यास खेलमा पनि प्रस्टै देखिएको छ । नेपालले छनोटअघिको अभ्यास खेलमा ओमान र कतारलाई पराजित गरेको थियो । 

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै नेपाल, तस्विरः क्यान । 
 

नेपालका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिजविरुद्धको शृंखलाले टोलीलाई फाइदा पुगेको बताउँछन् । ‘समग्रमा राम्रो तयारी भएको छ । सबै जना उत्कृष्ट लयमा छन् । सबैजना तयार छन् । वेस्ट इन्डिजविरुद्धको जितले सबै जान उत्साहित छौं,’ नेपाल क्रिकेट संघ (क्यान) को युट्युब च्यानलसँग रोहितले भनेका छन्, ‘तर यो विगत भइसक्यो । हामीले विश्वकप छनोटमा फेरि नयाँ सुरुआत गर्नुपर्छ । मुख्य प्रतियोगिता अब सुरु हुन्छ ।’

यसैगरी रोहित कुनै पनि टोलीलाई कमजोर मान्न नसकिनेमा सचेत छन् । ‘प्रतियोगितामा सहभागी कुनै पनि टोलीलाई कमजोर प्रतिद्धन्द्धीको रूपमा लिएका छैनौं,’ रोहितले थपे, ‘आफ्नो तर्फबाट शतप्रतिसत दिनेछौं । पछिल्लो समयमा टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । सबैको मुख्य लक्ष्य ट्वान्टी-२० विश्वकपमै पुग्नु हो ।’

प्रतियोगितामा सहभागी हुने २० मध्ये १७ टोलीको टुंगो लागिसकेको छ ।

भारत र श्रीलंका आयोजकका रूपमा सिधै विश्वकपमा पुग्दा  अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, अफगानिस्तान र अमेरिकाले अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकप खेल्ने मौका पाएका छन् ।

यसैगरी न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड वरियाताका आधारमा विश्वकपका लागि छानिएका छन् । यता क्यानाडाले अमेरिका, नेदरल्यान्ड्स र इटालीले युरोपियन तथा जिम्बावे र नामिबियाले अफ्रिकन छनोट पार गरेर विश्वकपको यात्रा तय गरे । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I