वैशाख २८, २०८२ आइतबार | ०८:५६:५८
बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु, पहिलो दिन १४ खेलाडी सहभागी

काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान) र खेलाडीबीचको विवाद समाधान भएसँगै सोमबारबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ ।

मुख्य प्रशिक्षक पुबुदु दसानायकेले ट्वान्टी२० विश्वकपको ग्लोलब क्वालिफायरका लागि गत बिहीबार सन्दीप लामिछानेको कप्तानीमा ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए ।

शनिबार सम्म प्रशिक्षणमा बोलाइएका खेलाडीले होटल रिपोर्टिङ गर्ने र आइतबारबाट प्रशिक्षण सुरु गर्ने बताइएको थियो । तर क्यान बोर्ड बैठकले अनुशासनको कारबाही गरेपछि असन्तुष्ट रहेका तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरीका साथै तीब्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीको समर्थक अन्य केही खेलाडीले समेत सहभागी हुन अस्विकार गरेपछि आइतबारको प्रशिक्षण प्रभावित बनेको थियो ।

क्यानले ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट हटाउनुका साथै चार जना खेलाडीलाई २०२२ को पहिलो ६ महिना केन्द्रिय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो । त्यसक्रममा क्यानले युवा खेलाडी सन्दीप लामिछानेलाई नयाँ कप्तानका रुपमा नियुक्त गरेको थियो ।

क्यानले गरेको बर्गिकरणमा असहमति जनाउँदै सञ्चार माध्यममा प्रतिक्रिया दिएको आरोपमा क्यानले स्पष्टीकरणको प्रक्रियापछि राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसिंह तथा सोमपाल र कमलसिंहमाथि कारबाही गरेको थियो ।

खेलाडीहरुले पछिल्लो समय कारबाही फिर्ता लिन क्यानलाई अनुरोध गर्दै त्यसो नभए आफूहरु बल र ब्याट बिसाउन बाध्य हुने चेतावनी दिएका थिए । खेलाडीले आफूमाथिको कारबाही फिर्ता लिए क्यानको बर्गिकरण मान्न तयार रहेको बताएका थिए । उता क्यान भने कप्तान पुनस्थापनाबाहेक बाँकी सबै कारबाही फिर्ता लिन तत्पर देखिएको थियो ।

क्यानले आइतबार राती असन्तुष्ट रहेका खेलाडीसँग सहमती भइसकेकाले सोमबारबाट प्रशिक्षण सुरु हुने जनाएको थियो ।

पहिलो दिन १४ खेलाडी मात्र प्रशिक्षण्मा सहभागी भए । ६ खेलाडी आइतबार राती अवेर मात्र होटल पुगेकाले प्रशिक्षणमा सामेल नभएको र नौ खेलाडीको पिसिआर परिक्षणको तयारीमा रहेको र रिपोर्ट आएपछि मात्र उपस्थित हुने जानकारी गराएको क्यानले जनाएको छ ।

कप्तान सन्दीप भने हाल अस्ट्रेलियामा बिग बास लिग खेलिरहेकाले प्रशिक्षणमा सहभागी छैनन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP