माघ १९, २०८२ सोमबार | ००:०३:४५
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

कारवाहीमा परेका चार खेलाडीसहित ३० खेलाडी प्रारम्भिक प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने ट्वान्टी२० विश्वकपको ग्लोबल  क्वालिफायरका  लागि ३० सदस्यीय प्राम्भिक टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा ३० सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीले शनिबारबाट प्रशिक्षण सुरु गर्नेछ ।

क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा नरहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दिपेन्द्रसिंह ऐरी, तीब्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि प्रारम्भिक टोलीमा समावेश गरेको छ ।

क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा असन्तुष्टी जनाउँदै आएका मिडियाबाजी गरेको भन्दै ज्ञानेन्द्रको कप्तानी र दिपेन्द्रको उपकप्तानी खोसिएको थियो । साथै क्यान बोर्ड बैठकले ज्ञानेन्द्र र दिपेन्द्रसँगै सोमपाल र कमललाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टको सुरुआती ६ महिना समावेश नगर्ने जनएको थियो ।्

 यसअघि डिसेम्बर २० का लागि पोखरामा बन्द प्रशिक्षण सुरु हुने बताइए पनि क्यान र खेलाडीबीचको विवादका कारण स्थगित भएको थियो ।

सोही बोर्ड बैठकले सन्दिपलाई कप्तानीको जिम्मेवारी दिएको थियो । ग्लोबल क्वालिफायरको समूह ए नेपाल, क्यानडा, बहराइन, जर्मनी, आयरल्यान्ड, ओमान,युएई र फिलिपिन्स रहेका छन् । 

प्रतियोगिता फेब्र्रअरी १५ देखी २५ सम्म ओमानमा हुनेछ ।

नेपाली टोली 
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सरद भेषावकर, करन केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमल सिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अभिनाश बोहोरा, सुशान भारी, पवन सर्राफ, बिक्रम सोब, भिम शार्मी, रोहित कुमार पौडेल,प्रदीप ऐरी, गुल्शन झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक कुमार यादव, शौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।