चैत्र १७, २०८२ मंगलबार | ०७:२५:५८
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

कारवाहीमा परेका चार खेलाडीसहित ३० खेलाडी प्रारम्भिक प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने ट्वान्टी२० विश्वकपको ग्लोबल  क्वालिफायरका  लागि ३० सदस्यीय प्राम्भिक टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको कप्तानीमा ३० सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीले शनिबारबाट प्रशिक्षण सुरु गर्नेछ ।

क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा नरहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दिपेन्द्रसिंह ऐरी, तीब्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि प्रारम्भिक टोलीमा समावेश गरेको छ ।

क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा असन्तुष्टी जनाउँदै आएका मिडियाबाजी गरेको भन्दै ज्ञानेन्द्रको कप्तानी र दिपेन्द्रको उपकप्तानी खोसिएको थियो । साथै क्यान बोर्ड बैठकले ज्ञानेन्द्र र दिपेन्द्रसँगै सोमपाल र कमललाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टको सुरुआती ६ महिना समावेश नगर्ने जनएको थियो ।्

 यसअघि डिसेम्बर २० का लागि पोखरामा बन्द प्रशिक्षण सुरु हुने बताइए पनि क्यान र खेलाडीबीचको विवादका कारण स्थगित भएको थियो ।

सोही बोर्ड बैठकले सन्दिपलाई कप्तानीको जिम्मेवारी दिएको थियो । ग्लोबल क्वालिफायरको समूह ए नेपाल, क्यानडा, बहराइन, जर्मनी, आयरल्यान्ड, ओमान,युएई र फिलिपिन्स रहेका छन् । 

प्रतियोगिता फेब्र्रअरी १५ देखी २५ सम्म ओमानमा हुनेछ ।

नेपाली टोली 
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सरद भेषावकर, करन केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमल सिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अभिनाश बोहोरा, सुशान भारी, पवन सर्राफ, बिक्रम सोब, भिम शार्मी, रोहित कुमार पौडेल,प्रदीप ऐरी, गुल्शन झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक कुमार यादव, शौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो