असार २६, २०८२ बिहीबार | २२:२८:३४
आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा

पुनरागमन जित निकाल्दै पोर्चुगल फाइनलमा

काठमाडौं । जर्मनविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै पोर्चुगल युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगलले २५ वर्षपछि जर्मनीलाई पराजित गरेको हो । पछिल्लो पटक पोर्चुगलले जर्मनविरुद्ध सन् २००० मा जित निकालेको थियो ।

यसैगरी पोर्चुगलले सन् १९८५ पछि जर्मन भूमिमा जित हात पारेको हो ।

बुधबार म्युनिखस्थित एलियान्ज एरिनामा पाहुना टोली पोर्चुगललाई जित दिलाउन फ्रान्सिस्को कोन्सेइकाओ र कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरे । जर्मनीका लागि फ्लोरियन विर्ट्जले गोल गरे ।

खेलको ४३औं मिनेटमा विर्ट्जको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो । उनले जोशुवा किमिचको पासलाई पोस्टको दिशा दिएका थिए ।

कोन्सेइकाओले ६३औं मिनेटमा रुबेन डियासको पासलाई सदुपयोग गर्दै पोर्चुगललाई बराबरीमा ल्याए ।  

त्यसको पाँच मिनेटपछि नै रोनाल्डोले गोल गर्दा पोर्चुगल २-१ ले अगाडी बढ्यो ।  यसपटक नुनो मेन्डिसले गोलको अवसर सिर्जना गरेका थिए ।

पोर्चुगलले उपाधिका लागि स्पेन र फ्रान्सको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM