एसिसी यु १९ एसिया कप

युएईलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

दुबई । कप्तान कसिम अक्रमको अलराउन्डर प्रदर्शनप्रेरित पाकिस्तानले युनाइटेड अरब इमिरेट्स (युएई) लाई २१ रनले पराजित गर्दै यु १९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

पाकिस्तानले लिग चरणका तीन खेलमा शतप्रतिसत जितसहित सेमिफाइनलको टिकट काटेको हो ।

युएईको आइसिसी एकेडेमीमा दुई सय २० रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ९८ रनमात्र जोड्न सक्यो ।

युएईका काइ स्मिथ र अयान अफजल खानले समान ३८ रन जोडे । त्यस्तै कप्तान अलिसन सरफुले ३५, निलान्स केसवानीले २५ र सुर्या सतिसले २२ रन बनाए ।

पाकिस्तानका कप्तान कसिम अक्रमले तीन विकेट लिदाँ माज सदाकत, मेहरन मुम्ताज र मोहमद जिसनले समान दुई विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय १९ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानको जितमा कप्तान अक्रमले अर्धसतकिय इनिङ खेले । अक्रमले पभेलियन फर्किनुअघि ६७ बलमा पाँच चौकासहित ५० रन जोडे । त्यस्तै हसिबुल्लाह खानले ३९, अहमेद खानले ३४, मुहमद सेहजादले २९ र अब्दुल बंगालजाइले २८ रन बनाए ।

युएईका अयान अफजल खानले तीन विकेट लिए । यस्तै निलान्स केसवानीले दुई र अलि नसिर, धु्रब परासर जस गियानानीले समान एक विकेट लिए ।