वैशाख ५, २०८२ शुक्रबार | ०७:०५:३२
लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै मुम्बईको तेस्रो जित लुम्बिनी कपः पत्रकारका लागि रिपोर्टिङ कार्यशाला पहिलो दिन पामलाई सात स्वर्ण थापाको प्रतिबन्ध फुकुवा भएको फिफाद्धारा पुष्टि हैदराबादले दियो मुम्बईलाई १६३ रनको लक्ष्य रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक ‘ए’ डिभिजन क्लबहरूले एन्फाको नकआउट प्रतियोगिता नखेल्ने निर्वाचनलाई आइओसीले मान्यता दिएको एनओसीको दाबी चितवन पहिलो पटक प्ले अफमा

गण्डकी हिरोज र हिमालयनको लगातार दोस्रो जित

पोखरा । केपी ओली कप ट्वान्टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘बी’ मा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले लगातार दोस्रो जित हासिल गरेका छन् ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा बुधबार गण्डकीले ग्रेट हिमालय क्रिकेट एकेडेमीविरुद्ध १० विकेटको सानदार जित दर्ता गर्यो । ग्रेट हिमालयले प्रस्तुत गरेको १०३ रनको लक्ष्य गण्डकीले १२ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।

गण्डकीका लागि ओपनर साकिब हकले  ४३ बलमा सात चौका र दुई छक्कासहित अविजित ५३ रनको योगदान गरे । यसैगरी अर्का ओपनर अर्जुन कुमाल ४६ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो । 

ग्रेट हिमालयका लागि रुपेशकुमार श्रीवास्तवले २१, उत्तमकुमार थापामगरले १८, दीपक केवतले १७ र अभिषेक थापाले १४ रन बनाए । 

गण्डकीका लागि कृष्ण पौडेलले चार, अमृत गुरुले तीन, नारायण जोशीले दुई र सुदीप अर्यालले एक विकेट लिए ।

बुधबारै सम्पन्न अर्को खेलमा हिमालयन क्रिकेट एकेडेमीले चितवन क्रिकेट क्लबविरुद्ध ६ विकेटको जित हात पार्यो ।

चितवनले प्रस्तुत गरेको ११९ रनको लक्ष्य हिमालयनले १२.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । 

हिमालयनका लागि दीपक बोहराले ४८ बलमा आठ चौका र पाँच छक्काको मद्दतले अविजित ८० रनको योगदान गरे । यसैगरी खड्क बोहराले १२ तथा दीपक बोहरा (बी) र हिमाल दौल्यालले समान १० रन बनाए ।

चितवनका लागि दीपेश श्रेष्ठले दुई तथा कृजन गुरुङ र विशाल खत्रीले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १८.१ ओभरमा सबैविकेट गुमाउँदै ११८ रनको योगफल तयार पारेको थियो ।

चितवनका लागि आशुतोष घिरैयाले ४१ बलमा ६ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी प्रतिक श्रेष्ठले ३८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हिमालयनका लागि प्रकाश जैसीले चार, दीपक चन्दले तीन तथा प्रतिस जिसी र दीपक बोहरा (बी) ले समान एक विकेट लिए ।

जितसँगै गण्डकी र हिमालयनले दुई खेलबाट चार अंक जोडेका छन् । बिहीबार हुने यी दुई टोलीबीचको खेलले सेमिफाइनल पुग्ने टोलीको टुंगो लगाउने छ ।

दुवै खेलमा पराजय बेहोरेका ग्रेट हिमालय र चितवनको भने सेमिफाइनल सम्भावन समाप्त भएको छ । यी दुई बिहीबार सान्त्वना जितका लागि प्रतिस्पर्धा गर्नेछन् । 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders