वैशाख ६, २०८२ शनिबार | १४:४१:३१
वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन

लुम्बिनी कपको उद्घाटन आजः अञ्जनाविनाको आर्मी सुदूरपश्चिमसँग खेल्दै

फाइल तस्वीर

काठमाडौं । अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबलको उद्घाटन खेलमा शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश फुटबल संघबीच प्रतिस्पर्धा हुँदैछ । बाँकेस्थित नेपालगन्ज रंगशालामा हुने खेल दिउँसो ४ बजे हुनेछ ।

आर्मी पछिल्ला दुई मोफसल प्रतियोगिताको उपविजेता टोली हो । गत वर्षको फागुन अन्तिम साता इलाममा भएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप र चैत महिनामा चितवनमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा आर्मीले फाइनल खेलेको थियो ।

उपाधिको लक्ष्य बोकेको आर्मी पहिलो पटक आफ्ना तीन प्रमुख खेलाडीविना मैदान उत्रिँदैछ । नियमित गोलकिपर अञ्जना रानामगर दुई साताअघि मात्र आर्मीको जिम्मेवारीलाई बिट मार्दै अर्को विभागीय टोली एपिएफ क्लबमा प्रस्थान गरेकी थिइन् । त्यस्तै मिडफिल्डर दीपा शाही चोटका कारण मैदान बाहिर रहँदा फरवार्ड अमिषा कार्की सह–सेनानीको तालिममा व्यस्त छिन् ।

गत वर्षको पुसमा सम्पन्न राष्ट्रिय महिला लिग र पछिल्ला दुई मोफसल प्रतियोगितामा आर्मीको नेतृत्व गरेका मुख्य प्रशिक्षक कृष्ण सिंह ठगुन्ना यसपाली जिम्मेवारीमा छैनन् । टोली चक्र तामाङको नेतृत्वमा छ ।

सुदूरपश्चिम राष्ट्रिय लिगपछि पुनरागमन गर्दैछ ।

आठ टोलीको सहभागिता रहने प्रतियोगितामा घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजकले बताएको छ ।

खेलको प्रत्यक्ष प्रशारण खेलाडी डटकमको युट्युब च्यानल र फेसबुक पेजबाट हुनेछ । 


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC