काठमाडौं । नेपाली क्रिकेट टोलीको आइसिसी ट्वान्टी-२० वरियता खस्किएको छ ।
नेपाल एक स्थान तल झर्दै १८औं स्थानमा पुगेको हो । नेपाल आफूभन्दा तल्लो वरियतामा रहेको कुवेतसँग तीन रनले पराजित हुँदै हङकङमा यसै साता सम्पन्न चार देशीय ट्वान्टी-२० शृंखलाको उपाधिबाट बञ्चित भएको थियो ।
नेपालको रेटिङ प्वाइन्ट १६९ छ । एसोसिएट राष्ट्रमा नेपाल भन्दा अगाडि स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, युएई र अमेरिका १३औं देखि १७औं स्थानमा छन् ।
भारत वरियताको शीर्ष स्थानमा कायम छ । यसैगरी अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिलयान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रशमः दोस्रोदेखि १०औं स्थानमा छन् ।
यता अलराउन्डको वरियतामा दीपेन्द्रसिंह ऐरी एक स्थान खस्किदै तेस्रो स्थानमा पुगेका छन् ।
यस्तै ब्याटिङ वरियतामा दीपेन्द्र ५६, कप्तान रोहितकुमार पौडेल ६६, आसिफ शेख ७० र कुशल भुर्तेल ९५औं स्थानमा छन् । दीपेन्द्र र रोहित चार स्थान खस्किदा आसिफ र कुशलको वरियताकम कुनै परिवर्तन भएको छैन ।
बलिङतर्फको वरियातामा दीपेन्द्र ७८ र सोमपाल कामी ९६औं स्थामा छन् । दीपेन्द्र १३ र सोमपाल ९ स्थान खस्किएका हुन् ।