वैशाख ६, २०८२ शनिबार | १२:४४:१०
लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित

सिइसी र गण्डकी उपाधिका लागि प्रतिस्पर्धा गर्ने

पोखरा  ।  केपी ओली कप ट्वान्टी-२० पुरुष राष्ट्रिय क्रिकेटको उपाधिका लागि क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाडौं र गण्डकी हिरोज प्रतिस्पर्धा गर्ने भएका छन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा बिहिबार वर्षाका कारण पहिलो सेमिफाइनल पाँच ओभरमा खेलाइयो भने दोस्रो सेमिफाइनलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि  खेलको निर्णय टसबाट लिइएको थियो । 

सिइसीले पहिलो सेमीफाइनलमा हिमाल फ्रेन्ड्स क्रिकेट एकेडेमीलाई १० रनले पराजित गर्यो । 

सिइसीले प्रस्तुत गरेको ५८ रनको लक्ष्य पछ्याएको हिमाल फ्रेन्ड्सले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै ४७ रन मात्रै बनाउन सक्यो । 

हिमाल फ्रेन्ड्सका लागि आशिष तिरुवाले अविजित १३, सुवोध ऐरीले १३ र अभिनाश सिंहले १२ रन बनाए । 
सिइसीका लागि मनोज यादवले दुई तथा युनिशविक्रम सिंहठकुरील एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सिइसीले पाँच ओभरमा एक विकेट गुमाउँदै ५७ रनको योगफल तयार पारेको थियो । 

सिइसीका रित गौतमले २८ रन बनाएर रिटायर्ड हाट भए । यसैगरी अर्जुन घर्तीले १३ रन जोडे ।

दोस्रो सेमिफाइनलमा गण्डकी हिरोजविरुद्ध अत्तरिया क्रिकेट एकेडेमीले १३.३ ओभरमा चार विकेट गुमाउँदै १४६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । तर खेल फेरि सञ्चालन गर्न सम्भवन नभएपछि टसबाट विजेताको टुंगो लगाइएको थियो । टसमा गण्डकी हिरोज भाग्यमानी साबित भयो ।

खेल रोकिनुअघि अत्तरियाका लागि विपिन रावलले ३३ बलमा १२ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी खगेन्द्र जोशीले २०, अभिषेक पालले १९ र टेक रावतले अविजित १९ रन बनाएका थिए ।

गण्डकी हिरोजका लागि मिलन बोहोराले तीन र नारायण जोशीले एक विकेट लिएका थिए । प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ । 


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC