वैशाख ६, २०८२ शनिबार | १३:४७:४४
मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत

पहिलो दिन पामलाई सात स्वर्ण

काठमाडौं । बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बिहीबार सात स्वर्ण पदक जितेको छ ।

पहिलो दिन ११ स्वर्णको टुंगो लाग्दा पाम अगाडि रहँदा एपिएफले दुई तथा बाँके र रुसले समान एक स्वर्ण पदक हात पारे ।

नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा जारी प्रतियोगिताको पुरुष २० केजीमुनिमा विष्णु गिरी, २५ केजीमुनिमा अस्विन तामाङ, ३५ केजीमुनिमा बविनकुमाल दियाली र ५५ केजीमुनिमा दीपेश गुरुङले पामलाई स्वर्ण पदक दिलाए ।

फाइनलमा विष्णुले बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रिन्स विक, अस्विनले एमएमएसीका दियान तामाङ, बविनले बाल विकास स्कुलका आदित्य श्रेष्ठ र दीपेशले कोशी प्रदेशका लक्ष्मी राजवंशीलाई पराजित गरे ।

पुरुषकै ४५ केजीमुनिमा रुसका डेविड मगोमेदोबले भुटानका निमा तेन्जिन तथा ६६ केजीमुनिमा एपपएफका विशेष विकले दाङका सुन्दरराना मगरलाई फाइनलमा हराउदै स्वर्ण पदक चुमे ।

पामका लागि महिला २८ केजीमुनिमा कृष्णा महतरा, ४४ केजीमुनिमा समिता नेपाली र ५२ केजीमुनिमा विनिता नेपालीले स्वर्ण जिते । कृष्णाले फ्रान्सकी ली प्लान्टार्ड, समिताले एसओएस जुडो डोजोकी मनमाया तामाङ र विनिताले भुटानकी तान्डिन दोर्जी वाङमोलाई निरास बनाए ।

नयाँबजरस्थित खुशिबुँमा भएको प्रतियोगिताको महिला ३६ केजीमुनिमा बाँकेकी खिमा रोकाले स्वर्ण पदक जितिन् । खिमाले फाइनलमा एमएमएसीकी रेनिशा वाइबालाई हराएइन् । महिला ६३ केजीमुनिको फाइनलमा एपिएफकी रेखा श्रेष्ठले पामकी लक्ष्मी श्रृषलाई पराजित गरिन् ।

प्रतियोगिताको उद्घाटन नेकोसका इन्चार्ज जेएन थपलियाले गरेका थिए । प्रतियोगितामा नेपालका विभिन्न जिल्ला÷क्लब, रुस, भुटान, फ्रान्स, काजाकिस्तान र भारतका २०८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

पुरुषमा १२ र महिलामा ११ गरी २३ स्पर्धामा २१ वर्षमुनिका खेलाडी सहभागी छन् । प्रतियोगिताको अन्तिम दिन शुक्रबार १२ स्पर्धाको फाइनल हुनेछ ।


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC