काठमाडौं । साई शुदर्शनको उत्कृष्ट ब्याटिङप्रेरित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्ससामू २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नरेन्द्र मोदी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१७ रनको योगफल तयार पार्यो ।
गुजरातका लागि साईले ५३ बलमा आठ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी जोस बटलर र शहारुख खानले समान ३६, राहुल तेवाटियाले अविजित २४ तथा राशिद खानले १२ रन बनाए ।
साईले दोस्रो विकेटका लागि जोससँग ८० र तेस्रो विकेटका लागि शहारुखसँग ६२ रनको साझेदारी गरेका थिए ।
राजस्थानका लागि महेश तिक्क्षणा र तुषार देशपाण्डेले समान दुई तथा सन्दीप शर्मा र जोफ्रा आर्चरले समान एक विकेट लिए ।
भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders