काठमाडौं । कप्तान इक्रमउल्लाह खानको अर्धशतकप्रेरित कतारले चार देशिय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालसामू १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
हङकङको मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पार्यो ।
कतारका लागि खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी शहजाद जामिलले ३१, मुजिब उर रेहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाए ।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।
भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders