वैशाख ६, २०८२ शनिबार | ०९:५३:४०
लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित

धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने

फाइल तस्विर ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा लिग चरणको अन्तिम खेलमा बिहीबार धनगढी एफसी र एफसी चितवन भिड्दैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

प्ले अफमा स्थान बनाइसकेको धनगढीलाई यो खेल जित्दै शीर्ष स्थानमा रहने अवसर छ । यता चितवनलाई भने प्ले अफमा स्थान बनाउन कम्तिमा पनि बराबरीको नतिजा चाहिन्छ ।

यसअघि धनगढी पाँच खेलबाट ११ अंकसहित दोस्रो तथा चितवन सात अंक जोडेर पाँचौं स्थानमा रहनेछ ।

चितवनले यो खेल गुमाएको खण्डमा काठमाडौं रेजर्स प्ले अफमा पुग्ने छ । ६ खेल नै खेलिसकेको काठमाडौं रेजर्स अहिले आठ अंकसहित चौथो स्थानमा छ ।

जित निकाल्न सके चितवन तेस्रो स्थानमा रहेर प्लेअफ पुग्नेछ । बराबरीको नितजा निकाले चितवन र काठमाडौंको अंक बराबरी हुनेछ । तर गोल अन्तरमा अगाडि रहने भएकोले चितवनको प्लेअफ यात्रा तय हुनेछ ।

यस पटक दुई टिमको अंक बराबरी भएमा गोल अन्तर हेर्ने प्रावधान छ । त्यसैले ६ खेलबाट ८ अंक जोडेको पोखरा थन्डर्सले काठमाडौंलाई गोल अन्तरमा पछि पार्दै प्लेअफमा स्थान बनाइसकेको छ ।

पोखराको गोल अन्तर प्लस एक र काठमाडौंको माइनस एक छ । चितवनको गोल अन्तर हाल शुन्य रहेकोले बराबरी खेले पनि काठमाडौं भन्दा अघि रहने पक्का भएको हो ।

धनगढी देवेन्द्र तामाङ र चितवन अञ्जन विष्टको कप्तानीमा मैदान उत्रिनेछन् ।

एनएसएलमा यी दुईबीच दुई खेल भएका छन् । दुवैमा धनगढीले जित निकालेको छ ।  धनगढी पहिलो सिजनमा ३-० र दोस्रो सिजनमा १-० ले विजयी भएको थियो ।


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC