नेपालगञ्ज । यही बैशाख ५ देखि १२ गतेसम्म नेपालगञ्जमा हुन लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा विद्यार्थीले टिकट दरमा ५० प्रतिशत छुट पाउने भएका छन् ।
आयोजक अन्तरालका अनुसार सामान्य प्यारापिटतर्फफको टिकटको मुल्य २०० रुपैयाँ तोकिएको छ । तर विधार्थीले भने १०० रुपैयाँ तिरेर खेल हेर्न पाउनेछन् ।
त्यस्तै भिआइपी प्यारापिटतर्फ सिजनल टिकटका लागि १ हजार ५०० रुपैयाँ मूल्य कायम गरिएको छ । सिजनल टिकट लिनेको सिट जतिबेला आए पनि सुरक्षित रहने अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए ।
दर्शकहरुको सहजताका लागि टिकट इ-सेवा अनलाइन तथा नेपालगञ्ज रंगशालाको मूल गेट बाहिर राख्ने काउन्टरबबाट खसरद गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तै, नेपालगन्जका विभिन्न क्याफेमा राखिएका टिकट काउन्टर समेत सहज तरीकाले टिकट लिन गर्न सकिने छ ।
प्रतियोगितामा घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, रौतहट जिल्ला फुटबल संघ र भारतकाे सिलगुडी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजकले बताएको छ ।