काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राजस्थान रोयल्सको सामना गर्दा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।
खेल दिल्लीको अरुण जेट्ली रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।
अक्षर पटेको कप्तानीमा रहेको दिल्ली पाँच खेलबाट आठ अंकका साथ दोस्रो स्थानमा छ ।
पछिल्लो खेलमा हार बेहोरेको दिल्ली आज राजस्थानलाई निरास बनाउँदै आफ्नो लय समात्न सोचमा छ । दिल्लीको चार खेलसम्मको विजयी यात्रालाई मुम्बईले पूर्णविराम लगाएको थियो ।
यता सन्जु सामसनको कप्तानीमा रहेको राजस्थान ६ खेलमा चार अंकका साथ आठौं स्थानमा छ ।
राजस्थान पनि दिल्लीलाई हराउँदै गुमेको लय फर्काउने प्रयासमा हुनेछ । पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बेङ्लुरुसँग पराजित भएको थियो ।
आइपिएलमा यी दुईबीच २९ खेल भएका छन् । जसमा राजस्थानले १५ र दिल्लीले १४ खेल आफ्नो पक्षमा पारेका छन् ।
गत सिजन दिल्ली २० तथा राजस्थान १२ रनले विजयी भएका थिए ।